काठमाडौं । आज सुकेको प्याजको औसत मूल्य प्रतिकेजी ९० रुपैयाँ, कुरीलो २१० रुपैयाँ, स्थानीय काउली ८५ रुपैयाँ र स्थानीय काउली (ज्यापु), मकै बोडी, टाटे सिमी र भटमासकोशा ९५ रुपैयाँ तोकिएको छ ।
ठुलो नेपाली गोलभेडा, गान्टे मूला, दसहरी आँप र लोकल काँक्रो प्रतिकेजी ७५ रुपैयाँ, टनेल गोलभेडा ३६ रुपैयाँ ७५ पैसा, रातो आलु ५९ रुपैयाँ ७५ पैसा, रातो आलु ९भारतीय०, हरियो तरबुजा, स्कूस, रायोको साग, घिरौला, डल्लो भन्टा, चुकुन्दर, र सेतो मूला प्रतिकेजी ५५ रुपैयाँ, मुडेको आलु ४९ रुपैयाँ ७५ पैसा, लोकल गाजर ६५ रुपैयाँ र तने बोडी ४५ रुपैयाँ पर्नेछ ।


