२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

काठमाडौँ महानगर तोक्यो मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई ८ लाख जरिवाना


सञ्चार डबली
  • बिहीबार , असार २० २०८१
  • 7.6K
    SHARES

  • images
    काठमाडौँ महानगर तोक्यो मापदण्ड विपरीत तेल उत्पादन गर्ने कम्पनीलाई ८ लाख जरिवाना


    काठमाडौं ।काठमाडौँ महानगरपालिकाले मापदण्ड विपरीत तेल उत्पादन गर्ने चारवटा ‘ब्रान्ड’का उत्पादक कम्पनीलाई ८ लाख रुपैयाँ जरिवाना गराएको छ।कामपाले १३ वटा ब्रान्डका खाने तेलको नमूना परीक्षण गर्दा चारवटा ब्रान्डमा नेपाल सरकारले तोकेको पारोक्साइड भ्यालु धेरै भएको पाएपछि जरिवाना गरेको हो । 

    मापदण्डभन्दा धेरै पारोक्साइड भ्यालु र एसिड भ्यालु भइ सरकारले तोकेको गुणस्तर नभएकोमा २०८० पुस २७ गते उत्पादन भएको, पक्वान ब्रान्डको ब्याचरलट नं–२ को रिफाइन सोयाबिन आयल रहेको महानगरले जनाएको छ । यो श्रीराम रिफाइन्ड आयल प्रोडक्ट, मोरङको उत्पादन रहेको कामपा कृषि तथा पशुपन्छी विभाग प्रमुख नुरनिधि न्यौपानेले जानकारी दिए ।

     विसं २०८० कात्तिकमा उत्पादन भएको अमृत ब्रान्डको ब्याच÷लट नं. ११ को रिफाइन सोयाबिन आयल र २०२४ अप्रिल महिनामा उत्पादन भएको क्वालिटी ब्रान्डको ब्याचरलट नं ०८ को रिफाइन सोयाबिन आयलमा सरकारले तोकेको मापदण्ड नपाइएकाले जरिवाना गराइएको हो । 

    त्यस्तै काठमाडौँ महानगर यी उत्पादनहरु क्रमशः अन्नपूर्ण भेजिटेबल प्रोडक्ट प्रा लि, वीरगञ्ज पर्सा र क्वालिटी आयल रिफाइनरी प्रालि, कटहरी विराटनगरका हुन् ।

    विसं २०८० माघमा उत्पादन भएको, ब्याचरलट नं १० को फेमिली ब्रान्डको आयातीत तोरीबाट स्वदेशमा उत्पादन भएको तेलमा पारोक्साइड भ्यालु मापदण्डमा नरहेको पाइएकोछ । यो शिवशक्ति घ्यू उद्योग जीतपुर, बाराको उत्पादन हो । उक्त ब्रान्डहरुको नमूना परीक्षणका लागि कामपाले गत वैशाख ३१ गते ‘राष्ट्रिय खाद्य तथा दाना रिफरेन्स प्रयोगशाला’ बबरमहल पठाइएको थियो ।

    यससँगै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा गरिएको प्रयोगशाला परीक्षण विश्लेषणको प्रतिवेदन प्राप्त भएपछि उक्त ब्रान्डहरुलाई कारबाही गरिएको हो । मिसावट भेटिएका उक्त तेल तीन दिनभित्र फिर्ता ल्याएर तेल नष्ट गरिएको प्रमाणसहित उपस्थित हुन सम्बन्धित निकायलाई कामपाले पत्राचार गरेको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend