२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सिटिजन्स बैंक र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता


सञ्चार डबली
  • बिहीबार , असार २० २०८१
  • 8.9K
    SHARES

  • images
    सिटिजन्स बैंक र भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरबीच विशेष छुट सम्झौता


    काठमाडौं । सिटिजन्स बैक र वीरगंज, पर्सा स्थित भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर बीच बैंकका ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।हस्ताक्षर पश्चात् सिटिजन्स बैकका कार्डबाहक र मोवाईल बैंकिङ ग्राहकले भवानी हस्पिटल एण्ड रिसर्च सेन्टरमा १५ प्रतिशत छुट पाउने छ । यसले बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल तर्फ उत्प्रेरित हुने बैंकले विश्वास लिएको छ ।

    बैंकले डिजिटल बैंकिङ माध्यमको प्रयोग बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु संचालनमा ल्याउँदै आएको छ ।

    सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडल देशै भरी फैलिएका १९३ वटा शाखा, १५६ एटिएम र ९८ शाखा रहित बैंकिङ ईकाईहरुबाट १७ लाख ६० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।  ५६ जिल्लामा आफ्नो सेवा प्रदान गर्दे आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले यसै आर्थिक वर्ष थप ४ शाखा विस्तार गररे आगामी दिनमा देशका ६० वटा जिल्लामा सेवा प्रदान गर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend