२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

उपयोगी बन्दै एनआइसी एशिया बैंकको कार्डलेस सेवा, ६७० ठाउँँबाट एटिएम कार्ड बिना नै निकाल्न सकिन्छ नगद


सञ्चार डबली
  • बुधबार, असार १९ २०८१
  • 10.1K
    SHARES

  • images
    उपयोगी बन्दै एनआइसी एशिया बैंकको कार्डलेस सेवा, ६७० ठाउँँबाट एटिएम कार्ड बिना नै निकाल्न सकिन्छ नगद

    काठमाडौँ, असार १९ । एनआइसी एशिया बैंकले सञ्चालनमा ल्याएको कार्डलेस सेवा नागरिकहरुको लागि अत्ति उपयोगि बन्दै गएको छ । आम नागरिकहरुलाई छिटो र सरल बैंकिङ्ग सेवा उपलब्ध गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको उक्त बैंकिङ्ग सुविधाले नागरिकको समय बचाउँनुको साथै एटीएमको झन्झटबाटै मुक्त बनाएको छ ।

    बैंकले ‘एनआईसी एशिया मो बैंक’ एप प्रयोग गरी एटिएमबाट कार्डबिनै नगद रकम झिक्न सकिने सुविधा करिव २ वर्ष अगाडिदेखि नै सञ्चालनमा ल्याएको थियो । बैंकमा खाता खोली मोबाइल बैंकिङ सेवा लिएका ग्राहकले देशभर रहेका ६७० वटा एटीएमबाट यो सेवा प्रयोग गरी आफुलाई आवश्यक परेको समयमा नगद निकाल्दै प्रयोग गरिरहेका छन् ।

    काठमाडौंको मिन भवनमास्थित नेपाल कमर्स क्याम्पसमा अध्ययनरत विद्यार्थी राम कठायतले एनआईसी एशिया बैंकको कार्डलेस सुविधाले समय बचाउँनुको साथै, एटीएम बोक्ने झन्झट नै दुर गरिदिएको बताउँछन् । साथै, उनले भने, ‘मैले मेरो एटीएम सेवा नै बन्द गरीदिए । किनकि एटीएमबाट पाउँने सबै सुविधाहरु कार्डलेस सेवाबाटै पाइने भएकाले बैंकको यो सेवा धेरै उपयोगि रहेको छ । सोही कुरालाई मध्य नजर गर्दै मैले मेरो एटीएम सेवा बन्द गराँएको हु ।’

    नागरिकहरुको लागि बैंकको कार्डलेस सुविधाले एटीएम बोक्नु पर्ने बाध्यता नै दुर गरिदिएको छ । २१औं शताब्दीमा अधिकांश ग्राहकहरुले मोवाइल बैंकिङ्ग सेवा सुचारु गराएका हुन्छन् । त्यसमा, एनआइसी एशियाका मो. बैंकिङ्ग प्रयोगकर्ता त झन अन्य बैंकहरुको तुलनामा सबैभन्दा बढी रहेका छन् ।

    बैंकको अनुसार यस सुविधा प्रयोग गर्न बैंकको एनआईसी एशिया मोबैंक प्रयोगकर्ताले एपभित्र रहेको कार्डलेस वीथड्र आइकनमा ट्याप गरेर त्यसभित्र आफूले निकाल्न चाहेको रकम उल्लेख गर्नुपर्नेछ ।

    ट्रान्जेक्सन पिन वा फिंगर प्रिन्ट राखेर प्रमाणित गरेपछि बैंक खातामा दर्ता भएको मोबाइल नम्बरमा ओटीपी प्राप्त गर्न सकिने छ ।

    सोही ओटीपी एटीएमको स्क्रिनमा रहेको कार्डलेस ट्रान्जेक्सनभित्र गई आफूले निकाल्न चाहेको रकम पुनः उल्लेख गरी वीथड्र आइकनमा थिचेपछि इच्छाएको नगद रकम प्राप्त हुनेछ ।

    बैंकले डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११८ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ ।

    देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।

  • सम्बन्धित विषय:

  • # एनआईसी एशिया बैंक
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend