२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

नक्कली भुटानी शरणार्थी प्रकरण फाइल खोलेकै राति सत्ता समीकरण उलटफेर भयो : गृहमन्त्री लामिछाने


सञ्चार डबली
  • मंगलबार, असार १८ २०८१
  • 7.6K
    SHARES

  • images
    नक्कली भुटानी शरणार्थी प्रकरण फाइल खोलेकै राति सत्ता समीकरण उलटफेर भयो : गृहमन्त्री लामिछाने

    काठमाडौँ, असार १८ । गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरण फाइल खोलेकै राति सत्ता समीकरण उलटफेर भएको दाबी गरेका छन् । 

    आज (मंगलबार) पार्टीको पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दाबी गरेका हुन् ।  

    उनले भुटानी शरणार्थी तथा विभिन्न भ्रष्टाचार प्रकरणमा संलग्नहरूको फाइल खोलेकै राति सरकार परिवर्तन हुने प्रयत्न भएको बताए । 

    उनले भ्रष्टाचारका फाइल खोलेपनि एकरात पनि टिक्न नसक्ने गरी सरकार बनाउन चलखेल भएको आरोप लगाए ।

    गृहमन्त्री लामिछानेले भने, ‘अब यो रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि । जुन ढंगले सरकार अघि बढेको छ । तपाईँहरू नै भन्नुहुन्थ्यो फाइल खोल्नुपर्यो, फाइल यस्तो खुल्यो कि त्यो एकरात पनि टिक्न नसक्ने भयो । एकाएक संविधान जोगाउनुपर्ने चिन्ता भयो । संविधान जोगाउन खोजेको कि कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सक्दैन त ।’

  • सम्बन्धित विषय:

  • # रवि लामिछाने
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend