२०८३, असोज १५ गते

images
Logo

Oct 01 2026 | २०८३, असोज १५ गते

images
  • बिहीबार , असोज १५ २०८३
images

शेयर बजारमा उथलपुथल: परिसूचक २१ सय पुग्दा साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?


सञ्चार डबली
  • मंगलबार, असार १८ २०८१
  • 6.0K
    SHARES

  • images
    शेयर बजारमा उथलपुथल: परिसूचक २१ सय पुग्दा साढे चार अर्बको कारोबार, अबको यात्रा कता ?

    काठमाडौँ, असार १८ । आज ११ बजेर १ मिनेटमै शेयर बजारमा सकारात्मक सर्किट लाग्यो । जस कारण बजार २० मिनेट बन्द हुन पुग्यो । पुनः बजार ११ः२१ बजे खुल्यो । तर, सो समयमा पनि एक मिनेट कारोबार हुन नपाउँदै शेयर बजारमा दोस्रो पटक सर्किट लाग्यो । बजार पुनः ४० मिनेटका लागि बन्द भयो । जुन समयमा शेयर बजार १०२ अकंले बढेर २१५६ बिन्दुमा पुगेको थियो ।

    सरकार परिवर्तन हुने कुराले शेयर बजारका लगानीकर्ता मख्ख थिए । सरकार परिवर्तनपछि एमाले नेता विष्णु पौडेल अर्थमन्त्री बन्ने कुराले लगानीकर्ता उत्साहित थिए । सो पश्चात बजार १२ः०१ मा खुल्नु पर्ने थियो । तर, १२ः३० तिरै प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजीनामा नदिने निर्णय गरेको कुरा बाहिर आयो । तत्काल एमाले र काँग्रेसको सरकार नबन्ने भएपछि लगानीकर्ता केहि डराए र बजार करेक्सन तिर लाग्यो । बजार १०४ अकंबाट घटेर ३४ अकंसम्म आइपुग्यो ।

    अन्तिमसम्म आइपुग्दा शेयर बजार ४७.०४ अकंले बढेर २१००.४३ बिन्दुमा पुगेको छ । आज ३१५ कम्पनीको १ करोड १६ लाख १७ हजार ६९० कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५६ करोड ७ लाख ९७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    यसदिन १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ३.०३ प्रतिशत, विकास बैंक समूहको २..०१ प्रतिशत, फाइनान्स समूहको २.११ प्रतिशत, होटल तथा पर्यटन समूहको १.०९ प्रतिशतले शेयर मूल्य बढेको छ ।

    मंगलबार एनआरएन इन्फाइट्रचरको ११ करोड ७९ लाख रुपैयाँ र गुडबिल फाइनान्सको ११ करोड रुपैयाँको शेयर कारोबार भएको छ । समग्रमा बजारले गतिनै लिने देखिन्छ । मौद्रिक नीति समेत लचिलो आउने गर्भनर महाप्रसाद अधिकारीको संकेतले बजारलाई बुलको यात्रामा नै लैजाने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend