२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 १६ अङ्कले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो


सञ्चार डबली
  • सोमबार, असार १७ २०८१
  • 8.5K
    SHARES

  • images
     १६ अङ्कले बढ्यो शेयर बजार, कारोबार रकम भने घट्यो


    काठमाडौं । शेयर बजार नेप्से परिसूचक सोमबार १६.२९ अंकले बढेको छ ।नेप्से परिसूचक सोमबार ०.८० प्रतिशतले बढेर २ हजार ५३.३८ विन्दुमा उक्लिएको छ । आईतबार नेप्से १४.८३ अंकले घटेर २ हजार ३७।०९ विन्दुमा झरेको थियो ।नेपाल स्टक एक्सचेञ्जका अनुसार सोमबार २ अर्ब ९९ करोड ९९ लाख रुपैयाँ बराबरको ७१ लाख ६५ हजार कित्ता शेयर दोस्रो बजारमा कारोबार भएको छ ।

    आज फाइनान्स र म्यानु एण्ड प्रो समूहको उपसूचकबाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । सबैभन्दा बढी बैंकिङ समूहको उपसूचक २.०४ प्रतिशतले बढेको छ भने विकास बैंक समूहको उपसूचक १.३१ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचक १ प्रतिशत कमले बढेका छन् ।आज १७६ कम्पनीको शेयर मूल्य बढ्दा ६० कम्पनीको मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend