२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


सञ्चार डबली
  • सोमबार, असार १७ २०८१
  • 8.5K
    SHARES

  • images
    ऋणपत्र निष्काशन गर्दै एभरेष्ट बैंक, विक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


    काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको तीन अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्ध गर्न लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ ।बैंकले “एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०९१” जारी गर्न लागेको हो ।

     बैंकको प्रति कित्ता एक हजार रुपैयाँका दरले ३० लाख युनिट ऋणपत्र बिक्री गर्ने जनाएको छ । जसमध्ये ४० प्रतिशत अर्थात एक अर्ब २० करोड बराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत एक अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशतका दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।

    उक्त सम्झौतामा एभरेष्ट बैंक लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ्ग र लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड को तर्फबाट प्रमुख कार्यकारी अधिकृत विजय लाल श्रेष्ठले हस्ताक्षर गरे ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend