२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

फाइनान्समा झुम्मिए लगानीकर्ता, नेपाल र जानकीको सर्वाधिक कारोबार


सञ्चार डबली
  • आइतबार, असार १६ २०८१
  • 6.4K
    SHARES

  • images
    फाइनान्समा झुम्मिए लगानीकर्ता, नेपाल र जानकीको सर्वाधिक कारोबार

    काठमाडौं, असार १६ । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज १४.८३ अंकले घटेर २०३७.०९ को विन्दुमा कायम भएको छ ।

    शेयर बजार घटेसँगै अधिकांश कम्पनीहरुको शेयरमूल्यमा भारी गिरावट आएको छ । आइतबार कारोबार भएका कम्पनीहरुमध्ये १९० वटाको शेयरमूल्य घटेको छ । साथै, ४९ वटाको मात्र मूल्य बढ्न पुगेको छ ।

    आइतबार कुल ३२० वटा कम्पनीको ९१ लाख ७८ हजार कित्ता खरिद बिक्री भई तीन अर्ब ६० करोड रुपैयाँको समग्र कारोबार भएको छ ।

    आइतबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ । आज कम्पनीको १२ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ। त्यस्तै, जानकी फाइनान्सको ११ करोड ९८ लाख रुपैयाँ, युनाइटेड आडीआई मार्दी आरबि हाइड्रोपावरको १० करोड रुपैयाँको कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend