२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

११.६० अकंले घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार


सञ्चार डबली
  • बुधबार, असार १२ २०८१
  • 6.5K
    SHARES

  • images
    ११.६० अकंले घट्यो शेयर बजार, १० उपसूचक राताम्य हुँदा चार अर्बको कारोबार

    काठमाडौं, असार १२ । शेयर बजार दोहोरो अकंले घटेको छ । दुई दिन हरियाली आएको शेयर बजार आज भने ओरालो लागेको हो । लगानीकर्ता अब मौद्रिक नीतिको प्रतिक्षामा छन् । मौद्रिक नीति मार्फत नीतिगत सुधार हुने आशमा लगानीकर्ता छन् । सोहि कारण अहिले लगानीकर्ता पर्ख र हेरको अवस्थामा छन् ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ११.६० अकंले घटेर २०६०.१६ बिन्दुमा बन्द भएको छ । बुधबार ३०५ कम्पनीको ८७ लाख २७ हजार १६४ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

    बुधबार १० उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूह ०.६५ प्रतिशत, विकास बैंक समूहको १.०३ प्रतिशत, होटल तथा पर्यटन समूहको ०.२९ प्रतिशत, हाइड्रोपावर समूहको ०.५८ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.९१ प्रतिशतले घटेको हो ।

    यसदिन, नेपाल फाइनान्सको १६ करोड ४६ लाख रुपैयाँ, गुडबिल फाइनान्सको १५ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend