२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

प्रभु बैङ्क र मुस्ताङ्गका विभिन्न होटल तथा रेष्टुरेन्टबिच सम्झौता, ग्राहक र कर्मचारीलाई बिशेष छुट


सञ्चार डबली
  • बुधबार, असार १२ २०८१
  • 11.3K
    SHARES

  • images
    प्रभु बैङ्क र मुस्ताङ्गका विभिन्न होटल तथा रेष्टुरेन्टबिच सम्झौता, ग्राहक र कर्मचारीलाई बिशेष छुट

    बुधवार, असार १२ २०८१
    काठमाडौँ - प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकहरूलाई मुस्ताङ्गमा अवस्थित विभिन्न होटलका सेवामा विशेष छुट दिने सम्झौता भएको छ । छुट्टाछुट्टै समारोहका बिच सम्पन्न सम्झौतामा  विभिन्न ११ होटेलका सञ्चालक र प्रभु बैङ्कका तर्फबाट जोमसोम क्लष्टर प्रमुख - शाखा प्रमुख नरेन्द्र थकालीसहित विभिन्न शाखाका शाखा प्रम्रुखहरूले हस्ताक्षर गरे ।

    सम्झौता अनुसार प्रभु बैङ्कका कर्मचारीहरू तथा ग्राहकवर्गहरूले बैङ्कसँगको आबद्धता प्रमाणका आधारमा आवास, खाना, खाजा तथा होटलमा उपलब्ध सम्पूर्ण सेवा सुविधाहरूमा विशेष छुट प्राप्त गर्न सक्ने बैङ्कले जनाएको छ ।

    मुस्ताङ्ग जिल्ला नेपालको गण्डकी प्रदेश धौलागिरी अन्चलको सबैभन्दा उत्तरमा पर्ने जिल्ला हो । हिमालपारीको नामबाट चिनिने यो जिल्ला धौेलागिरी र निलगिरी दुई अग्ला हिमशिखरको बिचमा अवस्थित छ ।

    प्राकृतिक,साँस्कृतिक, धार्मिक तथा मनोरञ्जनात्मक गतिविधिहरूले भरिपूर्ण मुस्ताङ्ग जिल्ला नेपालको हिमाली जिल्लाको रूपमा पनि प्रख्यात छ । अलौकिक रूपको सुन्दरता बोकेको यस जिल्ला देख्नमा पनि अन्य भन्दा अलि भिन्न किसिमको छ । मुक्तिनाथ, कागवेनी, दामोदर कुण्ड जस्ता धार्मिक एवम् जोमसोम, मार्फा, ढुम्बाताल, लेते जस्ता प्राकृतिक एवम् लोमान्थाङ्ग जस्ता साँस्कृतिक रूपमा परिचित मुस्ताङ्ग स्याऊ, आलु फापर, सिमि जस्ता कृषि उत्पादनले पनि प्रख्यात छ ।

    विभिन्न जातजाति र धर्म संस्कृतिले भरिपूर्ण हिमालपारि को ईतिहास बोकेको एक रमणीय, धार्मिक र अलौकिक जिल्लाका रूपमा पनि मुस्ताङ्ग जिल्ला चिन्न सकिन्छ भने अन्नपूर्ण पदयात्रा, थोरङ्गलापास जस्ता यात्राको ट्रान्जिट सेन्टरको रूपमा पनि लिन सकिन्छ ।

    बिभिन्न देश तथा बिदेशबाट यस स्थानमा पर्यटकहरूको आगमन हुने गरेको पाईन्छ । बिश्वमै अति दुर्लभ हिमचितुवा, च्याङ्ग्रा, भेडा, चौरी गाई, घोडा जस्ता जनावरहरू देख्न सकिन्छ भने विभिन्न जातिका भेषभुषा सजिएर तस्विर खिचाउने यहाँका पर्यटकका लागि अर्को रोचक बिषय पनि हो ।

    सो सम्झौता बमोजिम ग्राहक वर्ग तथा प्रभु बैङ्कका कर्मचारीहरूका लागि आवास तथा खानामा १० प्रतिशतसम्मका छुटहरू प्राप्त गर्न सकिने छ । बैङ्कका अनुसार मुस्ताङ जिल्लामा रहेका Hotel De Purang Muktinath, Eurika Inn Muktinath, Hotel Grand Sambala , Muktinath Hotel Sunrise, Jomsom Airport. Hotel Mandala, Lomanthang, Hotel Trivatika, Lomanthang, Eco Hill Resort, Tukuche, Holiday Camp, Hotel Tangsra Kowang , Lumbini and Restaurant, Tsarang, See You Lodge, and Restaurant Lete and Marpha Orchard Hote Marpha  मा छुट पाइने भएको हो ।

    ग्राहकहरूको रोजाईको अग्रणी बैंकको रूपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०७ शाखा कार्यालयहरू, २८६ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरूलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रूपमा अगाडि बढिरहेको छ साथै, प्रभु बैङ्क, छोटो समयको अन्तरालमानै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड-२०२४ अवार्डबाट सम्मानित भएको छ । 

  • सम्बन्धित विषय:

  • # प्रभु बैङ्क
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend