काठमाडौं, असार १० । नेप्से ३.२१ अंकले बढ्यो, पाँच अर्ब सात करोडको कारोबार
काठमाडौं । धितोपत्र दोस्रो बजार नेप्से परिसूचक ३।२१ अंकले बढेको छ । नेप्से परिसूचक ०.१५ प्रतिशतले बढेर सोमबार २०६६.१६ विन्दुमा बन्द भएको छ ।
यसदिन पाँच अर्ब सात करोड ७२ लाख रुपैयाँको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ । यो मूल्यमा एक करोड सात लाख सात हजार ८७८ कित्ता सेयर किनबेच भएको छ ।
१४२ कम्पनीको सेयर मूल्य बढेको छ । ९४ कम्पनीको सेयर मूल्य घट्दा ११ कम्पनीको भने स्थिर छ ।


