२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य


सञ्चार डबली
  • आइतबार, असार ९ २०८१
  • 7.3K
    SHARES

  • images
    एनआईसी एशिया बैंक बन्यो ‘पार्टनरसिप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स’को सदस्य

    काठमाडौँ , असार ९ । एनआईसी एशिया बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल्सको सदस्य बन्न सफल भएको छ। विश्वव्यापी वित्तीय संस्थाहरूको सहकार्यमा ल्याइएको यो पहलमा एनआईसी एशिया बैंक सामेल हुन सफल भएको हो।

    छ वटा महादेशका ४८० भन्दा बढी वित्तीय संस्थाहरूसँग, पीसीएएफ उत्तरी अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया-प्रशान्त क्षेत्रहरूमा द्रुत रूपमा विस्तार भइरहेको छ। बैंकले पीसीएएफसँग पङ्क्तिबद्ध भएर, आफ्नो कार्बन फुटप्रिन्टहरूको पारदर्शी मूल्याङ्कन मार्फत वातावरणीय दिगोपनप्रति आफ्नो प्रतिबद्धतालाई जोड दिने जनाए ।

    ‘विश्व मौलिक रूपमा वातावरणमैत्री अभ्यासतर्फ सर्दै गएकाले, एनआईसी एशिया बैंकले पनि आफ्नो कार्बन फुटप्रिन्ट नाप्ने र रिपोर्टिङ गर्न र दिगो अर्थतन्त्रतर्फ विश्वव्यापी परिवर्तनको पक्षमा जलवायुमैत्री रणनीतिहरू निर्माण गर्न प्रतिबद्ध छ’ एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेले बताए।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend