२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

  नेपालमा मोबाइल फोन आयात बृद्धि, रोकिएन भन्सार छली


सञ्चार डबली
  • शनिबार, असार ८ २०८१
  • 8.1K
    SHARES

  • images
      नेपालमा मोबाइल फोन आयात बृद्धि, रोकिएन भन्सार छली


    काठमाडौं । नेपालमा मोबाइल फोन आयात बृद्धि भएको छ । चालु आर्थिक वर्षको पछिल्लो ११ महिनामा २६ अर्ब ३३ करोड भन्सार मुल्यका १७ लाख १० हजार थान मोबाइल नेपाली बजारमा भित्रिएको तथ्यांक छ । भन्सार विभागको तथ्यांक अनुसार गत वर्ष आर्थिक वर्ष २०७९–८० को ११ महिनाको तुलनामा चालु आर्थिक वर्ष २०८–८१ को सोही अवधिसम्ममा २ लाख ८२ हजार थान बढी मोबाइल आयात भएको हो । गत वर्षको साउनदेखि जेठसम्ममा नेपालमा १४ लाख २७ हजार थान मोबाइल भित्रिएको थियो ।

    गत वर्षको तुलनामा चालु आवको पछिल्लो ११ महिनामा ३ अर्ब ९४ करोड रुपैयाँ भन्दा बढीको मोबाइल आयत भएको तथ्यांकले देखाउँछ । तथ्यांक अनुसार यो वर्ष २६ अर्ब ३३ करोड रुपैयाँ भन्सार मूल्य बराबरको मोबाइल आयात हुँदा गत वर्षको सोही अवधिमा २२ अर्ब ३८ करोड रुपैयाँ भन्सार मूल्यको मात्रै मोबाइल आयात भएको तथ्यांकले देखाउँछ ।नेपालमा भित्रिएका यस्ता मोबाइल औषतमा १५ हजार रुपैयाँभन्दा बढीको छ । तर नेपालमा अवैध बाटोबाट मोबाइल भित्रिएका कारण व्यवसायीहरु बढी मारमा पर्ने गरेका छन् ।

    मोबाइल सेटको वैधता नियमन प्रणाली एमडीएमएस प्रणाली कार्यान्वयन नहुँदा भन्सार छली बढेको व्यवसायीहरुको माग छ ।नेपाल मोबाइल व्यवसायी महासंघले ग्रे मोबाइलको कारोबार रोक्नुपर्ने, चोरीको मोबाइल मर्मतका समयमा ब्यवसायीसम्म पुग्दा व्यवसायीहरूले प्रहरी प्रशासनबाट भोग्दै आएको झमेला अन्त्य गरिनुपर्ने तथा सेकेन्ड ह्यान्ड मोबाइलको कारोबारलाई नीति बनाएरै ब्यवस्थित गर्न दबाब दिंदै आएको छ । 

    खुला सिमाना तथा भन्सार छलीमार्फत ५५ सय मोबाइल सेट मासिक रुपमा नेपालमा भित्रने गरेको महासंघको दाबी छ । यसको मासिक भ्यालु ४४ करोड र वार्षिक ५ अर्ब २८ करोड रकम भन्सार छली हुने गरेको महासंघको रेकर्डमा छ । यसैगरी विदेश जाने नेपालीहरुले आफन्त तथा साथीभाइहरुका लागि ५५ देखि ६० हजार मोबाइल सेट उपहार स्वरुप ल्याइदिएको तथ्यांकले देखाउँछ । ती मोबाइलको मूल्य करिब १ अर्ब ८० करोड हुन आउने देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend