२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल बैंकद्वारा सडक डिभाईडर सहयोग


सञ्चार डबली
  • मंगलबार, जेठ २९ २०८१
  • 7.7K
    SHARES

  • images
    सडक दुर्घटना न्यूनीकरण गर्न नेपाल बैंकद्वारा सडक डिभाईडर सहयोग

    काठमाडौँ, जेठ  २९ । नेपाल बैंकले त्रिभुवन विश्वविद्यालय कीर्तिपुरको परिसरका सडकहरूमा दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले सडक डिभाईडरहरू सहयोग स्वरुप सहयोग गरेको छ । 

    नेपाल बैंककोे तर्फबाट कीर्तिपुर शाखा प्रबन्धक नारायण प्रसाद दाहालद्वारा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विश्वविद्यालय क्याम्पसका प्रिन्सिपल प्राडा ध्यानेन्द्र बहादुर राईलाई सडक डिभाईडरहरू हस्तान्तरण गरेका हुन् ।

    कार्यक्रममा प्राडा राईले सडक दुर्घटना न्यूनीकरणका साथै सडक प्रयोग गर्ने सबैको सुरक्षाको लागि संस्थागत सामाजिक उत्तरदायित्व निर्वाह गरेकोमा धन्यवाद दिएका थिए । त्यसैगरी, शाखा प्रबन्धक दाहालले बैंक र नेपालको प्रतिष्ठित विश्वविद्यालय बीच युगौंंदेखि रहेको सम्बन्ध र विश्वविद्यालयले शिक्षा क्षेत्रमा खेलेको भूमिकाको सराहना गरे ।  

    उक्त कार्यक्रममा प्रहरी वृत्त कीर्तिपुरका प्रहरी नायब उपरीक्षक भुवनेश्वर प्रसाद साह र नेपाल बैंक कीर्तिपुर शाखाका कर्मचारी तारा राईलगायतको उपस्थिति थियो   । 

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend