२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा हरियाली, साढे ५ अर्ब नाघ्यो कारोबार 


सञ्चार डबली
  • मंगलबार, जेठ २९ २०८१
  • 7.7K
    SHARES

  • images
    सेयर बजारमा हरियाली, साढे ५ अर्ब नाघ्यो कारोबार 


    काठमाडौं । साताको तेस्रो दिन सेयर बजारमा हरियाली छ । सेयर सूचकमा दोहोरो अंकको बढोत्तरी छ भने कारोबार रकम उल्लेख्य बढेको छ । सबै उपसमूहमा सेयरमूल्य बढ्दा सूचक ३३.१५ अंकले बढ्दै २११५.२४ विन्दुमा पुगेको छ । १ करोड २६ लाख ६५ हजार ३२९ कित्ता सेयर ५ अर्ब ५५ करोड ५३ लाख रुपैयाँमा किनबेच भएको छ । 

    सोमबार नेप्से ८.९० अंकले बढ्दै २०८२.०९ विन्दुमा रहँदा १ करोड १६ लाख ३४ हजार ६१८ कित्ता सेयर ५ अर्ब ४९ करोड ६ लाख रुपैयाँमा किनबेच भएको थियो । यसअघि आइतबार ४.५९ अंक झिनो गिरावटमा नेप्से २०७३.१९ मा रहँदा १ करोड ४ लाख ५२ हजार १२८ कित्ता सेयर ५ अर्ब १८ करोड ९० लाख रुपैयाँमा किनबेच भएको थियो । 

    मंगलबार जलविद्युत २.५८, जीवन बीमा २.४०, निर्जीवन बीमा २.१९, जलविद्युत २.५८ र व्यापार उपसमूह २.१२ प्रतिशतले बढेका छन् । २०३ कम्पनीको सेयरमूल्य बढ्दा वरुण हाइड्रोपावर, ग्रीन भेञ्चर्स, कुथेली बुखारी साना जलविद्युत र भगवती हाइड्रोपावरका लगानीकर्ता सर्वाधिक फाइदामा रहे । चारै कम्पनीको सेयरमा पोजेटिभ सर्किट लागेको छ । 

    माथिल्लो हेवाखोला हाइड्रोपावर र एनआरएन इन्फ्रस्ट्रक्चरको सेयर पनि उल्लेख्य बढेको छ । सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा एनआरएन इन्फ्रास्ट्रक्चर साताको तेस्रो दिन पनि पहिलो नम्बरमा छ । उक्त कम्पनीको सेयर ३६ करोड ३० लाख रुपैयाँको किनबेच भएको छ । यस्तै माउन्टेन इनर्जीको २३ करोड १७ लाख, ग्लोबल आइएमई लघुवित्तको १० करोड ८२ लाख, जानकी फाइनान्सको १० करोड ६१ लाख र गोर्खाज फाइनान्सको ९ करोड ३१ लाख रुपैयाँको कारोबार भएको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend