२०८३, असोज १२ गते

images
Logo

Sep 28 2026 | २०८३, असोज १२ गते

images
  • सोमबार, असोज १२ २०८३
images

ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई दराजमा पुनः १५ प्रतिशत छुट


सञ्चार डबली
  • आइतबार, जेठ १३ २०८१
  • 7.9K
    SHARES

  • images
    ग्लोबल आइएमई बैङ्कका ग्राहकलाई दराजमा पुनः १५ प्रतिशत छुट

    आइतवार, जेठ १३ २०८१
    काठमाडौँ र ग्लोबल आइएमई बैङ्क लिमिटेडले दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा छुट पाउने योजना पुनः सार्वजनिक गरेको छ । बैङ्कले आफ्ना कार्डबाहक ग्राहकहरूलाई दराजबाट अनलाइनमार्फत सामान किन्दा १५ प्रतिशतसम्म छुट दिने योजना पुनः सार्वजनिक गरेको हो ।

    यस योजनाअन्तर्गत ग्राहकहरूले  ग्लोबल आइएमई बैङ्कको भिजा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइनमार्फत सामान खरिद गर्दा खरिद १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

    यो योजना जेठ १३ गतेदेखि ३ महिनासम्म सञ्चालनमा रहने छ । बैङ्कको डेबिट कार्ड प्रयोगकर्ताहरूले १० प्रतिशत वा ५०० रुपैयाँसम्म र क्रेडिट कार्ड प्रयोगकर्ताहरूले १५ प्रतिशत वा ७५० रुपैयाँसम्म छुट पाउनेछन् । यस योजना अवधिभर हरेक महिना १० वटासम्मको खरिदमा यो छुट पाइने छ ।

    ग्लोबल आइएमई बैङ्कले दराज अनलाइन स्टोरसँग समन्वय गरी आफ्ना डेबिट र क्रेडिट कार्ड प्रयोगकर्ताहरूलाई विशेष विशेष योजनाहरू सार्वजनिक गर्दै आएको छ ।

    यसअघि पनि ३ महिना सञ्चालनमा रहेको यस छुट योजनामा उत्साहजनक सहभागिता भएकाले यो योजना पुनः सञ्चालन गरिएको हो । 

    बैङ्कले आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैङ्कले यस्ता किसिमका समय सान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लावान्भित गर्दै आएको छ ।

    ग्लोबल आइएमई बैङ्क मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैङ्क हो । बैङ्कको ३५४ शाखा कार्यालय, ३७९ एटिएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ४६ लाख भन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लावान्भित गरिरहेको छ ।

    बैङ्कले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

  • सम्बन्धित विषय:

  • # ग्लोबल आइएमई बैंक लिमिटेड
  • प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend