२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने


सञ्चार डबली
  • बिहीबार , वैशाख २७ २०८१
  • 7.5K
    SHARES

  • images
    सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

    काठमाडौँ, २७ वैशाख । सरकारले जेठ १ गते आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ ।मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते प्रस्तुत गर्ने निर्णय गरेको हो ।

    सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जेठ १ गते दिउँसो ३ बजे संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम पेस गर्ने जानकारी दिएका छन् । सरकारको नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्नेछन् ।

    आज बसेका मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः

    १. प्रहरी नायवमहानिरीक्षकहरु श्री उमेशराज जोशी र श्री भिमप्रसाद ढकाललाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा नियुक्त गरी पदस्थापन गर्ने ।

    २. अन्तर्राष्ट्रियस्तरको क्रिकेट, कराँते, तेक्वान्दो र कबड्डी प्रतियोगितामा विजयी तथा पदक प्राप्त खेलाडी, प्रशिक्षक तथा व्यवस्थापक गरी जम्मा ४२ जनालाई पुरस्कार तथा सम्मान गर्न स्वीकृति दिने ।

    ३. समाजकल्याण परिषदको रिक्त उपाध्यक्ष पदमा श्री नन्दलाल माझी, सुनसरीलाई मनोनयन गर्ने ।

    ४. भाषा आयोगको रिक्त सदस्य पदमा श्री सुरेश मानन्धर, काठमाडौंलाई नियुक्त गर्ने ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend