२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

रिडी पावर कम्पनीले आजदेखि लिलामी बिक्री खुला 


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 7.8K
    SHARES

  • images
    रिडी पावर कम्पनीले आजदेखि लिलामी बिक्री खुला 


    काठमाडौं । रिडी पावर कम्पनीले आजदेखि लिलामी बिक्री खुला गरेको छ ।कम्पनीले सर्वसाधारण समूहको लागि ११ लाख ३५ हजार ६५७ कित्ता सेयरबिक्री खुला गरेको हो । यसमा न्यूनतम १०० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । बिहिबार सार्वजनिक विदा परेकोले आजबाट बिक्री खुला भएको संस्थाले जानाएको हो । यसमा आवेदन दिने अन्तिम म्याद २०८१ वैशाख ९ गतेसम्म रहेको छ । 

     यसमा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटलले गर्नेछ । यसअघि कम्पनीले गत फागुन १८ देखि चैत ८ गतेसम्म ५० प्रतिशत हकप्रद बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याएको हो ।

     यसमा मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नारायणचौर, नक्साल काठमाडौं,मुक्तिनाथ विकास बैंकको शाखा कार्यालयहरु ठिमी, भक्तपुर, कुमारीपाटी ललितपुर, विर्तामोड, विराटनगर, वीरगंज, जनकपुर, हेटौडा, नारायणगढ, चिप्लेढुंगा, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही दाङ, नेपालगंज, सुर्खेत, धनगढी र महेन्द्रनगरका आवेदकहरुले उक्त सेयरमा आवेदन दिनसक्ने छन् ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend