२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 वैशाखका लागि अधिकांश बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको कति ?


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 9.1K
    SHARES

  • images
     वैशाखका लागि अधिकांश बैंकहरुले घटाए मुद्दति निक्षेपको ब्याजदर, कुन बैंकको कति ?

     

    काठमाडौं ।  बैशाख महिनाका लागि पनि अधिकांश वाणिज्य तथा विकास बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। बैंकहरुले २०८१ वैशाखमा लागू हुने मुद्दति निक्षेपको ब्याजदर घटाएर प्रकाशित गरेका हुन्।

    बैंकहरूले शुक्रबार सार्वजनिक गरेको नयाँ ब्याजदर तालिकाअनुसार चैतको तुलनामा ब्यक्तिगत मुद्दतीमा अधिकतम औसत ब्याजदर ० दशमलव १९ प्रतिशत विन्दुले घटेको हो ।

    चैत महिनाका लागि व्यक्तिगत मुद्दतीमा २० वटै वाणिज्य बैंकको अधिकतम औसत ब्याजदर ७.२५ प्रतिशत रहेकोमा बैशाख महिनाका लागि ७.०६ प्रतिशतमा कायम भएको छ ।

    चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् ।

    वाणिज्य बैंकहरुमध्ये नेपाल बैंक, लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, कृषि विकास बैंक, सिटिजन्स बैंक र सिद्धार्थ बैंकले चैतका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्।

    व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ६.७५ प्रतिशत, लक्ष्मी सनराइजले ७ प्रतिशत, कुमारी बैंकले ७.२६ प्रतिशत र सिद्धार्थ बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

    चैतमा व्यक्तिगत मुद्दति निक्षेपमा नेपाल बैंकले ७ प्रतिशत, लक्ष्मी सनराइजले ७.५ प्रतिशत, कुमारी बैंकले ७.५१ प्रतिशत र सिद्धार्थ बैंकले ७.५ प्रतिशत अधिकतम ब्याज दिका थिए।

    यसैगरी वैशाखमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ४.७५ प्रतिशत, लक्ष्मी सनराइजले ६ प्रतिशत, कुमारी बैंकले ६.२६ प्रतिशत र सिद्धार्थ बैंकले ६ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

    यसअघि चैतमा संस्थागत मुद्दति निक्षेपमा नेपाल बैंकले ६ प्रतिशत, लक्ष्मी सनराइजले ६.५ प्रतिशत, कुमारी बैंकले ६.५१ प्रतिशत र सिद्धार्थ बैंकले ६.५ प्रतिशत अधिकतम ब्याज दिने भएका छन्।

    अहिलेसम्म प्राप्त सूचनाअनुसार वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ७.२५ प्रतिशत, एभरेष्टले ७ प्रतिशत, एनआईसी एसियाले ७.७५ प्रतिशत, ग्लोबल आइएमईले ७ प्रतिशत, हिमालयन ७.५ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ७ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ७ प्रतिशत उपलब्ध गराउनेछन्।

    वैशाखमा संस्थागत मुद्दति निक्षेपतर्फ माछापुच्छ्रे बैंकले अधिकतम ५.५० प्रतिशत, एभरेष्टले ६ प्रतिशत, एनआईसी एसियाले ६.७ प्रतिशत, ग्लोबल आइएमईले ६ प्रतिशत, हिमालयन ६ प्रतिशत, नेपाल इन्भेस्टमेन्ट मेगाले ६ प्रतिशत र स्ट्यान्डर्ड चार्टर्ड बैंकले पनि ५.२५ प्रतिशत उपलब्ध गराउनेछन्।

    वैशाखमा व्यक्तिगत मुद्दति निक्षेपमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.२५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। यसअघि चैतमा कृषि विकास बैंकले ५.६६ प्रतिशत र सिटिजन्स बैंकले ७.१५ प्रतिशत अधिकतम ब्याजदर निर्धारण गरेका छन्। वैशाखमा संस्थागततर्फ भने कृषि विकास बैंकले ४.५१ प्रतिशत र सिटिजन्सले ६.५ प्रतिशत अधिकतम ब्याजदर दिने भएका छन्।

    उता राष्ट्रियस्तरका विकास बैंकहरुले वैशाखमा मुद्दति निक्षेपको ब्याजदर घटाएका छन्। वैशाखमा राष्ट्रियस्तरका विकास बैंकले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ७.७५ प्रतिशत र संस्थागतमा ६.७५ प्रतिशत ब्याज दिने भएका छन्।

    चैतमा विकास बैंकहरुले व्यक्तिगत मुद्दति निक्षेपमा अधिकतम ८.०५ प्रतिशत र संस्थागतमा ७.०५ प्रतिशत ब्याज दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend