२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि घटायो  ब्याजदर


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 6.5K
    SHARES

  • images
     एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि घटायो  ब्याजदर


    काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले वैशाख महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सूचना जारी गर्दै वैशाख १ गतेदेखि लागू हुने गरी मुद्दती निक्षेपको ब्याजदर घटाएको हो ।

    वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.७५० प्रतिशत कायम गरेको बैंकले यसअघि चैत्र महिनाका लागि अधिकतम ८.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।

    त्यस्तै, बैंकले निक्षेपतर्फ न्यूनतम ७ प्रतिशत र अधिकतम ७.७५० प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा अधिकतम ६.७०० प्रतिशत ब्याजदर दिने भएको छ । यसअघि चैत्र महिनामा संस्थागततर्फ अधिकतम ७.५४८ प्रतिशत ब्याजदर दिएको थियो ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend