२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


सञ्चार डबली
  • शुक्रबार, चैत ३० २०८०
  • 7.8K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारीको बजार भाउ


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शुकरुबारको लागि तरकारी तथा फलफूलको मुल्य सार्वजानिक गरेको छ जस अनुसार आज  बरेला, बकूला, स्कूस, लौका र रातो मूलाको औसत मूल्य प्रतिकेजी ५५ रुपैयाँ, ठुलो नेपाली गोलभेडा ६५ रुपैयाँ, ठुलो भारतीय गोलभेडा ७५ रुपैयाँ, टनेल गोलभेडा ५५ रुपैयाँ, रातो आलु ४२ रुपैयाँ ४० पैसा, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा तोकिएको छ । 

    यसैगरी, लोकल बन्दा, सेतो मूला प्रतिकेजी ३५ रुपैयाँ, स्थानीय काउली २९ रुपैयाँ, ज्यापु काउली र डल्लो भन्टा ४५ रुपैयाँ, लाम्चो भन्टा २५ रुपैयाँ, तने बोडी, परवर र घिरौला प्रतिकेजी ९५ रुपैयाँ, लोकल सिमी प्रतिकेजी ९६ रुपैयाँ, घिउ सिमी (राजमा) १६३ रुपैयाँ ३३ पैसा, तितो करेला ९६ रुपैयाँ, पाकेको फर्सी ४० रुपैयाँ र सलगम ७६ रुपैयाँ ६७ पैसा निर्धारण गरिएको छ । 

     यसैगरी, भिण्डी प्रतिकेजी ९४ रुपैयाँ, सखरखण्ड ७६ रुपैयाँ ६७ पैसा, रायोको साग ८६ रुपैयाँ ६७ पैसा, चमसूर, पालूगो, मेथी र सौफको साग प्रतिकेजी १४६ रुपैयाँ ६७ पैसा, तोरीको साग ४६ रुपैयाँ ६७ पैसा, तरुल १०५ रुपैयाँ, कन्य च्याउ १९० रुपैयाँ, डल्ले च्याउ ३८० रुपैयाँ, कुरीलो ४३३ रुपैयाँ ३३ पैसा, ब्रोकाउली ५६ रुपैयाँ ६७ पैसा, कोइरालो १७५ रुपैयाँ र पुदीना १२५ रुपैयाँ पर्नेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend