२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

कुमारी बैङ्कले ल्यायो नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर


सञ्चार डबली
  • बिहीबार , चैत २९ २०८०
  • 7.8K
    SHARES

  • images
    कुमारी बैङ्कले ल्यायो नयाँ वर्षको लागि आकर्षक क्यासब्याक अफर

    काठमाडौं । कुमारी बैङ्क लिमिटेडले नयाँ वर्ष वि.सं. २०८१ को उपलक्ष्यमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । बैङ्कले २०८१ वैशाख १ गते बिहान ८ बजेदेखि राति ११ः५९ बजेसम्म लागु हुने गरी उक्त अफर घोषणा गरेको हो । 

    यस योजना अन्तर्गत पिओएस भुक्तानी र अनलाइन कारोबारका लागि कुमारी बैङ्कको डेबिट वा क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले २०८१ रुपैयाँ वा कारोबार रकमको २५ प्रतिशत जुन रकम न्यून हुन्छ उक्त रकम फिर्ता पाउने छन् । 

    साथै, क्युआर भुक्तानी मार्फत कारोबार गर्ने मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले पनि यो आकर्षक क्यासब्याक अफरको फाइदा उठाउन सक्नेछन् ।तोकिएको समयावधिभित्र कारोबार गर्ने पहिलोे चालिस जना कार्ड प्रयोगकर्ता र पहिलो चालिस जना मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले क्यासब्याक प्राप्त गर्न सक्नेछन् ।


    कुमारी बैङ्क लिमिटेडका प्रमुख कार्यकारी अधिकृत राम चन्द्र खनालले यो विशेष अफरप्रति उत्साह व्यक्त गर्दै भने, “नयाँ वर्षको शुभारम्भमा हामी हाम्रा ग्राहकहरूलाई यो विशेष क्यासब्याक अफर प्रदान गरेर नयाँ वर्षको शुभकामना  व्यक्त गर्न चाहन्छौँ । यसले ग्राहकहरुमा डिजिटल भुक्तानी प्रणलीमा आवहद हुन प्रत्साहन गर्नेछ ।” 

    कुमारी बैङ्क पछिल्लो समयमा आफ्ना ग्राहकहरूलाई प्रोत्साहित गर्न, समय सापैक्षिक ग्राहकमूखी सेवाहरू प्रदान गर्न र वित्तीय समावेशीतालाई बढावा दिनको लागि प्रतिबद्ध रहेको देखिन्छ भने भुक्तानीका लागि डिजिटल माध्यममा जोडिन प्रोत्साहन गर्दै आएको छ ।

    विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैङ्कले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ६७ शाखारहित बैंकिङ्ग ईकाईहरूमार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरू प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरूमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend