२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

मनकामना दर्शन प्रा.लि. उघोग वाणिज्य महासङ्घद्वारा सम्मानित


सञ्चार डबली
  • बिहीबार , चैत २९ २०८०
  • 8.2K
    SHARES

  • images
    मनकामना दर्शन प्रा.लि. उघोग वाणिज्य महासङ्घद्वारा सम्मानित

    बिहिवार, चैत्र २९ २०८०

    काठमाडौँ - नेपालको पहिलो केबलकार सेवा सञ्चालक कम्पनी मनकामना दर्शन प्रा.लि. आर्थिक बर्ष २०७८/२०७९ मा पर्यटन क्षेत्रबाट सबैभन्दा बढि कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ । नेपाल उघोग वाणिज्य महासंघको ५८ औँ वार्षिक साधारण सभा तथा उघोग वाणिज्य दिवस २०८० को अवसरमा मनकामना दर्शन सम्मानित भएको हो ।

    प्रधानमन्त्री पुष्पकमल दाहालले मनकामना दर्शनकी सेल्स तथा मार्केटिङ् डाइरेक्टर यशु क्षेष्ठलाई कदर पत्रसहित सम्मान गरेका हुन् । गत वर्ष पनि सोही विधामा सबैभन्दा बढि कर तिर्ने कम्पनीको रूपमा सम्मानित सो कम्पनीले २५ वर्षदेखि चितवनको कुरिनटारदेखि गोरखाको मनकामना मन्दिरसम्म केबुलकार सेवा सञ्चालन गरिरहेको र मनकामनाको मन्दिरलाई मात्रै नभएर चितवनको इच्छाकामना एवम् गोरखाको सहिद लखन गाउँपालिकालाई नै पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्न अतुलनीय योगदान पुर्याइरहेको  छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend