२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो ‘सिआइटी स्मार्ट मोबाइल एप’ 


सञ्चार डबली
  • बिहीबार , चैत २९ २०८०
  • 8.2K
    SHARES

  • images
    नागरिक लगानी कोषले सञ्चालनमा ल्यायो ‘सिआइटी स्मार्ट मोबाइल एप’ 


    काठमाडौं । नागरिक लगानी कोषले ‘सिआइटी स्मार्ट मोबाइल एप’ सञ्चालनमा ल्याएको छ । यो मोबाइल एप एनड्रोइड तथा आइओएस भर्सनमा हेर्न सकिन्छ । यो भन्दाअघि एन्ड्रोइडमा मात्रै यो सुविधा रहेको थियो । कोषले सहभागीहरूको सहजताको लागी नयाँ परिष्कृत मोबाइल एप सञ्चालनमा ल्याएको हो ।

    नयाँ मोबाइल एपसँगै पुरानो मोबाइल एपमा दर्ता भएका सहभागीहरूको युजर नेम र पासवर्ड परिवर्तन भएको छ । परिवर्तित युजर नेम र पासवर्ड सबै पुराना एप प्रयोगकर्ताको मोबाइलमा एसएमएसमार्फत जानकारी गराइ सकिएको छ ।

    त्यसैगरी इ–सर्भिसमा दर्ता भएका सहभागीहरूलाई स्वतः नयाँ मोबाइल एपमा आबद्धता गराइएको छ । इ–सर्भिस पोर्टलकै युजर नेम र पासवर्ड मोबाइल एपमा लगइन गर्न सक्ने व्यवस्था कोषले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend