२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेयर बजारमा दोहोरो अंकको गिरावट


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 7.6K
    SHARES

  • images
    सेयर बजारमा दोहोरो अंकको गिरावट

     

    काठमाडौं । सेयर बजार परिसूचकमा बुधबार दोहोरो अंकको गिरावट आएको छ । १०.७१ अंकले घटेको परिसूचक २०२५.३० विन्दुमा रह्यो । उत्पादन तथा प्रशोधनबाहेक ११ उपसूचकमा आएको गिरावटले परिसूचक घटेको हो । कारोबार रकम पनि अघिल्लो दिनका तुलनामा ६६ करोडले घटेको छ । आज ८६ लाख ९६ हजार ९१८ कित्ता सेयर किनबेच हुँदा रकम ३ अर्ब ४८ करोड ५६ लाख रुपैयाँमा सीमित रह्यो । 

    मंगलबार ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको थियो भने साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो । १३ उपसमूहमा व्यापार १.४६ र उत्पादन तथा प्रशोधन ०.१३ प्रतिशतको बढोत्तरी छ । अन्य सबै उपसमूह घटेका छन् । सर्वाधिक फाइनान्स उपसमूह २.५० प्रतिशत छ । 

    आज १७६ कम्पनीको सेयरमूल्य घट्दा सेयर लगानीकर्तालाई नोक्सान भएको छ । ६३ कम्पनीको मात्रै सेयरमूल्य बढेको छ । ६ कम्पनीको सेयरमूल्य स्थिर रह्यो । सेयरमूल्य बढेका कम्पनीमा माण्डु हाइड्रोपावर र खानीखोला हाइड्रोपावर छन् ।  आज उच्च कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स पहिलो नम्बरमा आएको छ । हिमालयको सेयर १२ करोड ५४ लाख रुपैयाँको किनबेच भएको छ । 

    यस्तै गोर्खाज फाइनान्सको ११ करोड १२ लाख, नेपाल फाइनान्सको ९ करोड ७७ लाख र पोखरा फाइनान्सको सेयर ९ करोड ७६ लाख रुपैयाँको किनबेच भएको छ ।  सेयरमूल्य घट्दा सर्वाधिक नोक्सानीमा सिंगटी हाइड्रोपावरका लगानीकर्ता रहे । उक्त कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । यस्तै वीन नेपाल लघुवित्त, एनआइसी एसिया सेलेक्ट फण्ड–३०, मनकामना स्मार्ट लघुवित्त, सबैको लघुवित्तलगायतका सेयरमूल्य घटेका छन् ।      

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend