२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

धितोपत्र बोर्ड अध्यक्षका ५ प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्दै 


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 9.5K
    SHARES

  • images
    धितोपत्र बोर्ड अध्यक्षका ५ प्रतिस्पर्धीले बिहीबार कार्ययोजना प्रस्तुत गर्दै 


    काठमाडौं ।  नेपाल धितोपत्र बोर्ड अध्यक्षका प्रतिस्पर्धीहरुले बिहीबार आफ्ना कार्यायोजना प्रस्तुत गर्ने भएका छन् । बोर्डका लागि ५ जनाले चैत २९ गते आ आफ्नो कार्ययोजना प्रस्तुत गर्ने भएको छ ।

    'अध्यक्ष छनोट समितिले बिहीबार कार्ययोजना प्रस्तुत गर्न ‘सर्टलिस्ट’ मा परेका ती ५ जनालाई बोलाएको हो । कृष्णबहादुर कार्की, चिरञ्जीवी चापागाईँ, नवराज अधिकारी, मुक्ति श्रेष्ठ र सन्तोषनारायण श्रेष्ठको नाम ‘सर्टलिस्ट’मा परेको छ ।

    साथै ‘सर्टलिस्ट’मा परेका ५ जनाको कार्ययोजना मूल्यांकन गरी उत्कृष्ट ३ जनाको नाम छनोट समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने छ । मन्त्रिपरिषद्मा सिफारिस भएका तीनमध्ये १ जनालाई अध्यक्षमा नियुक्त गरिने बोर्डले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend