२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्दै गएको हो : अध्यक्ष ढकाल


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 7.5K
    SHARES

  • images
    सरकारको आन्तरिक कारणले नै अर्थतन्त्र कमजोर बन्दै गएको हो : अध्यक्ष ढकाल


    काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले सरकारले दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको समस्या समाधान गर्न ध्यान नदिएकै कारण अर्थतन्त्रको समस्या झन् बल्झिँदै गएको बताएका छन् ।

     उनले अर्थतन्त्र कमजोर बन्नुमा बाह्य भन्दा आन्तरिक कारण नै प्रमुख भएको धारणा राखे । बुधबार नेपाल उद्योग वाणिज्य महासंघको  ५८ औँ वार्षिक साधारण सभा एवं उद्योग वाणिज्य दिवस – २०८० को समुद्घाटनमा अध्यक्ष ढकालले करिव दुई वर्षयता सुस्ताएको अर्थतन्त्रको समस्या समाधानमा निजी क्षेत्रले दिएको सुझाव पनि सरकारले कार्यान्वयन नगरेको भन्दै गुनासो गरे । बाह्य भन्दा आन्तरिक कारणले देशको अर्थतन्त्र कमजोर बनेको टिप्पणी ढकालले गरे । 

    ‘करिव दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर त्यसको निदान नगर्दा अर्थतन्त्रको समस्या झन बल्झिँदै गएको छ।  निजी क्षेत्रले रोगको पहिचान गरेर बारम्बार औषधीको सिफारिस गरेकै हो,त्यसमा राज्यको सम्बद्ध पक्षले ध्यान नदिएकै कारण अर्थतन्त्र आजको मोडमा आएको छ,’ अध्यक्ष ढकालले भने । 

    ढकालले सरकारले अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि नियन्त्रण मुखी व्यवस्था गर्दा तथा बाह्य कारणलाई देखाएर सुधारका लागि आन्तरिक पहल नलिएकै कारण आर्थिक वृद्धिदर घटेको दाबी गरे । 

    ‘नेपाल श्रीलंका बन्ने भयले यहाँ नियन्त्रणमुखी नीतिगत व्यवस्था गरियो । जसका कारण हाम्रो आर्थिक वृद्धि ६ प्रतिशतबाट झरेर २ प्रतिशतमा खुम्चियो भने यसै अवधिमा श्रीलंकाको आर्थिक वृद्धि माइनस ७.८ प्रतिशतबाट करिव २ प्रतिशत सकारात्मक भएको छ । नेपालको अर्थतन्त्र कमजोर हुनुमा बाह्य भन्दा आन्तिरिक कारण नै प्रमुख हुन् ।’ 

    उनले विश्व बैंकले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर ३.३ प्रतिशत हुने भनेर गरेको प्रक्षेपणलाई उल्लेख गर्दै गत वर्ष भारत र बंगलादेशको अर्थतन्त्र ६ प्रतिशत भन्दा बढीले वृद्धि भएको र त्यसको मुख्य आधार निजी क्षेत्र भएको बताए । 

    द्धन्द्धग्रस्त र निकै गरिब भनिएका राष्ट्रहरुमा पनि पछिल्लो एक दशकमा आर्थिक वृद्धिदर ६ प्रतिशत भन्दा माथि हुँदा नेपालको औसतमा वृद्धिदर ४ प्रतिशत मात्रै भएको उनले बताए । पछिल्लो दुई वर्षमा सरकारका कारण निजी क्षेत्रले काम गर्न नपाउँदा नेपालको आर्थिक वृद्धिदरमा कमी आएको भनाई ढकालको छ । 

    ढकालले भने, ‘विश्व बैंकले नेपालको आर्थिक वृद्धि चालु आर्थिक वर्षमा ३.३ प्रतिशतमात्र हुने अनुमान सार्वजनिक गरेको छ । जब कि बंगलादेशको ५.६ प्रतिशत र भारतको ७.५ प्रतिशत वृद्धि हुने प्रक्षेपण छ ।’ उनले थपे, ‘छिमेकीहरुको तिव्र आर्थिक विकास भैरहँदा पछिल्लो दुई वर्षमा हाम्रो न्यून आर्थिक वृद्धि हुनुको कारण निजी क्षेत्रले काम गर्न नपाउनु नै हो ।’ 

    ढकालले विद्युत प्रशारण लाइनका कारण हाल एकातिर निजी क्षेत्रले उत्पादन गरेका उर्जा प्राधिकरणले नलिने र अर्कातिर उद्योगहरुमा अघोषीत लोडसेडिङ भैरहेको उल्लेख गर्दै त्यसको समस्या समाधानका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराए । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend