२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सलिकोको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउने आवेदन ? 


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 7.8K
    SHARES

  • images
    सलिकोको संस्थापक सेयर बिक्रीमा, कसले दिन पाउने आवेदन ? 


    काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ ।

    कम्पनीले एक सूचना जारी गर्दै आजदेखि १ लाख १४ हजार ६ सय १२ कित्ता संस्थापक सेयर गोप्य शिलबन्दी बोलपत्रबाट बिक्रीमा राखिएको जनाएको हो । संस्थापक सेयरधनीले खरिद गर्न पाउने गरी बिक्रीमा ल्याइएको उक्त सेयरको प्रतिकित्ता न्यूनतम मूल्य २७५ रुपैयाँ तोकिएको छ ।

    खरिदकर्ताले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्दा न्यूनतम एक हजार कित्ता र अधिकतम सबै कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ ।

    सेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापकहरूले खरिद गर्न चाहेको सेयर संख्या र सोको मूल्यसमेत तोकि बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड नक्साल, काठमाडौंमा आवेदन दिनुपर्नेछ ।आवेदन दिने अन्तिम मिति जेठ १ गते रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend