२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको फलफूल तथा तरकारीको बजार मुल्य, कसको कति ? 


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 8.7K
    SHARES

  • images
    आजको फलफूल तथा तरकारीको  बजार मुल्य, कसको कति ? 


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ । जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १६०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १३०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

     समितिका अनुसार लोकल सानो गोलभेडा ३५ र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ५०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

    तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ९० रुपैयाँ, राजमा घिउ सिमी १६० रुपैयाँ र टाटे सिमी ७० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग १०० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

     गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ५० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १४० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend