२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड हस्तान्तरण


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 6.3K
    SHARES

  • images
    प्रभु बैंकद्वारा कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समितिलाई क्युआर स्ट्याण्ड हस्तान्तरण

    बुधवार, चैत्र २८ २०८०
    काठमाडौँ - नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैंकले कागबेनीमा “कागबेनी मन्दिर श्राद्धस्थल व्यबस्थापन समिति“ लाई एक समारोहका बिच क्युआर स्ट्याण्ड उपलब्ध गराएको छ ।

    हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको यस बैंकले भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि क्युआर स्ट्याण्ड उपलब्ध गराएको हो ।

    मुस्ताङ्ग जिल्लाको समुन्नत आर्थिक विकास तथा समृद्धिका लागि प्रभु बैँकले वित्तिय सेवा मात्र नभएर वित्तिय सचेतना तथा समाजिक उत्तरदायित्व निर्वाहमा समेत विशेष ध्यान दिएको प्रभु बैँकको गण्डकी प्रदेश कार्यालयले जनाएको छ ।

    बहुचर्चित धार्मिकस्थल कागबेनीमा बिशेषगरी बडादसैँ र चैतेदसैँ अघिको सोह्रश्राद्घ तथा औँसी तिथिमा दिवंगत आफन्तहरुको नाममा पिण्डदान र तर्पणका लागि वर्षेनी नेपाल र भारतबाट करिब ११ हजार जनाभन्दा बढी भक्तजनहरुको यो क्षेत्रमा आवागमन हुने गरिएको छ । पिण्ड दान गर्दा दिवंगत भएकाहरुले मुक्ति पाउने धार्मिक विश्वास छ ।

    हिमाल पारिको जिल्ला मुस्ताङ्गको विभिन्न गाउँपालिकाहरुमा ७ वटा मात्र शाखा कार्यालय मार्फत सम्पूर्ण बैँकिङ्ग सेवा उपलब्ध गराईरहेको प्रभु बैँक, मुस्ताङ्ग जिल्लाको वित्तिय पहुँचका लागि सारथी बन्ने गरेको मुस्ताङ्गबासीहरु बताउँछन् ।

    यसैविच नगद रहित भुक्तानी प्रणालीमा विशेष जोड दिईरहेको प्रभु बैँकले कागबेनीमा भक्तजनहरुको सहजीकरणका तथा सुबिधाका लागि “कागबेनी मन्दिर श्राद्घस्थल व्यबस्थापन समिति“ लाई एक समारोहका बिच क्यु आर स्ट्याण्ड उपलब्ध गराएको छ ।

    प्रभु बैंकका नेपालभर ३०१ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्फत करिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend