२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

 विदेशी मुद्राको विनिमय दर :  बढ्यो युरो र पाउण्ड   


सञ्चार डबली
  • बुधबार, चैत २८ २०८०
  • 7.3K
    SHARES

  • images
     विदेशी मुद्राको विनिमय दर :  बढ्यो युरो र पाउण्ड   


    काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज अमेरिकी डलर हिजोको तुलनामा स्थिर छ । डलर आज एकको खरिद दर १३३ रुपैयाँ ०१ पैसा र बिक्री दर १३३ रुपैयाँ ६१ पैसा कायम रहेको छ । 

    त्यस्तै, यूरो एकको खरिद दर १४४ रुपैयाँ ५६ पैसा र बिक्री दर १४५ रुपैयाँ २१ पैसा रहेको छ । मंगलबार एक यूरोको खरिद दर १४४ रुपैयाँ ०१ पैसा र बिक्री दर १४४ रुपैयाँ ६६ पैसा तोकिएको थियो । 

    बुधबार बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ७४ पैसा र बिक्री दर १६९ रुपैयाँ ५० पैसा पुगेको छ । मंगलबार पाउण्ड एकको खरिद दर १६७ रुपैयाँ ९३ पैसा र बिक्री दर १६८ रुपैयाँ ६८ पैसा कायम थियो । सोमबार देखिनै पाउण्ड लगातार बढ्दै आएको छ । आज कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ४७ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसाले कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend