२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

९.१९ अंकले बढ्यो सेयर बजार परिसूचक    


सञ्चार डबली
  • मंगलबार, चैत २७ २०८०
  • 7.2K
    SHARES

  • images
    ९.१९ अंकले बढ्यो सेयर बजार परिसूचक    

     

    काठमाडौं । सेयर बजार परिसूचक मंगलबार ९.१९ अंकले बढेर परिसूचक २०३६.०१ विन्दुमा रह्यो । ९७ लाख ८९ हजार ४१६ कित्ता सेयर ४ अर्ब १४ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ । साताको पहिलो दिनको कारोबार रकम ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ थियो । 

    १३ उपसमूहमा होटल तथा पर्यटन र लघुवित्त बाहेक सबै बढ्दा नेप्से परिसूचकमा सुधार आएको हो । फाइनान्स उपसमूह सर्वाधिक २.७९ प्रतिशतले बढेको छ । आज १५० कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ता फाइदामा रहे । 

    ८६ कम्पनीका सेयरमूल्य घट्यो भने ९ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।आज जानकी फाइनान्सको सेयर बढेर सर्किट लागेको छ । नेपाल फाइनान्स र पोखरा फाइनान्स सेयरमूल्य पनि उल्लेख्य बढेको छ ।  

    आज उच्च कारोबार हुनेमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी छ । उक्त कम्पनीको १८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गोर्खाज फाइनान्सको १६ करोड, हिमालयन रिइन्स्योरेन्सको १५ करोड ४५ लाख, नेपाल फाइनान्सको १५ करोड ३६ लाख र पोखरा फाइनान्सको १० करोडको सेयर किनबेच भएको छ ।  वीन नेपाल लघुवित्तको सेयरमूल्य घटेर नकारात्मक सर्किट लागेको छ । मानुषी लघुवित्त, सबैको लघुवित्त, समता घरेलु लघुवित्त, बुद्धभूमि नेपाल हाइड्रोपावर घटेका छन् ।     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend