२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आजको तरकारी तथा फलफूलको मूल्य, कसको कति ?


सञ्चार डबली
  • मंगलबार, चैत २७ २०८०
  • 8.4K
    SHARES

  • images
    आजको तरकारी तथा फलफूलको मूल्य, कसको कति ?


    काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबार लागि तरकारी तथा फलफुलको मुल्य सार्वजनिक गरेको छ ।जसअनुसार हरियो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी १५०, कालो अंगुर २५०, केरा १३० रुपैयाँ दर्जन, अनार २५०, भारतीय सुन्तला १२०, नेपाली मेवा ८० चुकुन्दर ६० र आभोकाडो ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

    समितिका अनुसार लोकल सानो गोलभेडा ३० र भारतीय ठूले गोलभेडा ७०, अदुवा २४०, रातो आलु ४० र रातो भारतिय आलु ३८ रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल काक्रो ९०, सुकेको खुर्सानी ४००, हरियो खुर्सानी ८० रुपैयाँ प्रतिकेजी कायम भएको छ ।

     तराइ गाजरको न्यूनतम मूल्य प्रतिकेजी २५ रुपैयाँमा कारोबार हुदाँ लोकल बन्दा २५, हाइब्रीड सेतो मूला २५ र रातो मूला ५० रुपैयाँमा कारोबार हुदाँ लोकल घिउ सिमी ६० रुपैयाँ, राजमा घिउ सिमी १२० रुपैयाँ र टाटे सिमी ६० रुपैयाँ, हरियो फर्सी लाम्चो र हरियो डल्लो फर्सी ३० रूपैयामा खरिदबिक्र हुदैछ भने तोरीको साग ४० र रायोको साग ७० रुपैयाँमा खरिदबिक्री हुँदा उता चमसूर, पालूगो, मेथी, सौफको साग १४० र जिरीको साग ५० रुपैयाँमा कारोबार हुनेछ ।

    गुन्द्रुक २५०, भारतीय सुकेको प्याज ७५, हरियो प्याज ४० र पुदीना १५० रुपैयाँ केजी कायम गरेको कालिमाटी बजारले ब्रोकाउली ४०, चाइनिज सुकेको लसुन २६०, हरियो लसुन १७० रुपैयाँमा कारोबारको अनुमति दिएको छ भने लाम्चो भान्टा १५, भिण्डी १०० र हरियो धनिया ४० रुपैयाँ पाइने समितले जनाएको छ । उता, ताजा छडी माछा २५० रुपैयाँमा कारोबार हुदाँ बचुवा माछा २५०, रहु माछा ३३० र मंगुरी माछा ३३० रुपैयाँमा किनबेच भइरहेको छ ।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend