२०८३, असोज ११ गते

images
Logo

Sep 27 2026 | २०८३, असोज ११ गते

images
  • आइतबार, असोज ११ २०८३
images

आजको मौसम: चारवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हावाहुरीको सम्भावना


सञ्चार डबली
  • मंगलबार, चैत २७ २०८०
  • 8.1K
    SHARES

  • images
    आजको मौसम: चारवटा प्रदेशमा मेघगर्जन र चट्याङसहित हावाहुरीको सम्भावना

    मंगलबार, चैत २७, २०८०
    काठमाडौं । हाल नेपालमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहेको छ । कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

    विभागका अनुसार आज दिउँसो देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोसी, गण्डकी, कर्णाली  र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा र बाँकी पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

    राति देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली तथा बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । विभागका अनुसार कोसी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका  एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend