२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सेल्फ ड्राइभिङ प्रोजेक्ट बन्द गर्दै एप्पलले हटायो ६१४ कर्मचारी


सञ्चार डबली
  • सोमबार, चैत २६ २०८०
  • 8.1K
    SHARES

  • images
    सेल्फ ड्राइभिङ प्रोजेक्ट बन्द गर्दै एप्पलले हटायो ६१४ कर्मचारी


    काठमाडौं ।  एप्पलले सेल्फ ड्राइभिङ कार योजना छाडे पछि ६०० भन्दा बढी रोजगारी कटौती गरेको छ ।अधिकांश रोजगार कटौतीमा पर्नेहरूमा हालै क्यालिफोर्नियामा परित्याग गरिएको सेल्फ ड्राइभिङ कार प्रोजेक्टमा काम गरिरहेका हुन् ।ब्लूमबर्गका अनुसा राज्यको रोजगार विभागलाई २८ मार्चमा सूचित गरिएको थियो कि ६१४ कर्मचारीहरू मे महिनामा हटाइने छन्।

    टेक कम्पनिहरूले हालका वर्षहरूमा सामूहिक रोजगार कटौतीलाइ निरन्तरता दिइरहेका छन् । अन्य फर्महरू भन्दा यो फरक छ तर कोभिड महामारी पछि सयौं हजार रोजगारी कटौती भएका छन ।गत वर्ष मेमा एप्पल मालिक टिम कुकले सीएनबीसीलाई भने कि रोजगार कटौती अन्तिम उपायको रूपमा हुनेछ ।

     ट्रयाकर लाइफिज डट एफवाइका अनुसार २०२४ मा उद्योगमा हालसम्म ५० हजार भन्दा बढी रोजगारी कटौती भएको छन् ।जसमा अमेजन, गुगल, माइक्रोसफ्ट, स्न्याप र पेपल जस्ता उच्च प्रोफाइल फर्महरू २०२४ मा रोजगारी कटौतीको घोषणा गर्ने ठुला टेक कम्पनीहरू हुन्।
     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend