२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

दोहोरो अंकले बढ्यो नेप्से


सञ्चार डबली
  • आइतबार, चैत २५ २०८०
  • 7.9K
    SHARES

  • images
    दोहोरो अंकले बढ्यो नेप्से

     

    काठमाडौं । तेस्रो त्रैमासको लागि कर्जा तिनुपर्ने दबाब सकिएसँगै सेयर बजारमा दोहोरो अंकको वृद्धि देखिएको छ।

    चैत मसान्तमा बुझाउनु पर्ने कर्जाको किस्ता तिर्ने समय सकिएपछि नेप्से परिसूचक २२.७५ अंकले बढेर २०२६.८१ विन्दुमा बन्द भएको छ।आइतबारको बजारमा ४ अर्ब २५ करोड ६६ लाख ७६ हजार ३३३ रूपैयाँको सेयर कारोबार भएको छ।

    गत कारोबार दिन अर्थात् बिहीबार ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार ३०७ रूपैयाँको कारोबार भएको थियो।

    अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब २२ करोड रूपैयाँ वृद्धि भएको हो।

    यस दिन ३११ वटा धितोपत्रको १ करोड १२ लाख १० हजार १०२ कित्ता सेयर किनबेच भएको हो।

    आइतबार १९० कम्पनीको सेयर मूल्य बढेको छ भने ४८ वटाको घटेको छ। यस्तै, ७ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।

    यसदिन पाँच कम्पनीको सेयरमूल्य सर्किट लेभलमा बढेको छ।

    नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स गुराँस लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेको छ भने मानुषी लघुवित्तको सेयर मूल्य ९।९९ प्रतिशतले बढेको छ।

    तरागाउँ रिजेन्सीको मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ। उक्त कम्पनीको सेयर मूल्य ७९२ रूपैयाँ कायम भएको छ।

    यस्तै, कालिका लघुवित्तको सेयरमूल्य ४.३५ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ७७१ रूपैयाँमा झरेको छ।

    आइतबार नेपाल रिइन्स्योरेन्सको संस्थापक सेयरको सर्वाधिक कारोबार भएको छ।

    उक्त कम्पनीको प्रतिकित्ता २८१ रूपैयाँमा ९५ करोड २० लाख बराबरको सेयर कारोबार भएको हो।

    सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा गोर्खाज फाइनान्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८८४ रूपैयाँमा १९ करोड ०४ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।

    आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये होटल्स तथा पर्यटन र व्यापार समूहको परिसूचक १ प्रतिशतभन्दा कमले घटेको भने बाँकी ११ समूहको परिसूचक घटेको छ।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशतले बढेको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend