२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

एनआईसी एशियाले सार्वजनिक गर्यो कर्जा ग्राहकहरूलाई छुट दिने योजना 


सञ्चार डबली
  • आइतबार, चैत २५ २०८०
  • 17.1K
    SHARES

  • images
    एनआईसी एशियाले सार्वजनिक गर्यो कर्जा ग्राहकहरूलाई छुट दिने योजना 


    काठमाडौं  । एन आई सी एशिया बैंकले कर्जा ग्राहकहरुलाई प्रदान गरिने छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ । बैकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकमा परेको असरलाई न्यूनीकरण गर्न सघाउ पुर्याउने हेतुले छुट सम्वन्धी योजना सार्वजनिक गरेको हो ।

    जसअनुसार २०८० पौष मसान्तमा प्रचलित नियमनकारी व्यवस्था अनुसार निष्क्रिय कर्जाको रूपमा वर्गीकरण भएका कर्जाहरूको हकमा सम्बन्धित ऋणीले चैत्र मसान्तसम्मको ब्याज तथा किस्ता रकम पूर्ण रूपमा चुक्ता भुक्तान गर्नुको साथै सम्पूर्ण कर्जा रकम नै चैत्र मसान्त भित्र पूर्ण रूपमा चुक्ता भुक्तान गरेमा सो अवधिमा लाग्ने जरिवाना तथा हर्जाना रकममा शत प्रतिशत छुट दिइने जनाएको छ । 

    यस्तै ब्याज रकममा समेत कमसल कर्जा १० प्रतिशत, शङ्कास्पद कर्जामा १५ प्रतिशत र खराब कर्जामा २० प्रतिशत छुट प्रदान गरिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

    ‘मासिक तथा त्रैमासिक किस्ताबन्दीमा भुक्तानी हुने वा चालू पुँजी कर्जा तथा अन्य रिभल्विङ प्रकृतिका कर्जाहरू लगायत बैंकबाट प्रवाह भएका कुनै पनि प्रकारका कर्जाहरूमा आर्थिक शिथिलताका कारणले मर्कामा पर्नु भएका ग्राहक महानुभावहरूले यस योजनामा सहभागी भई लाभ लिन सक्नुहुनेछ’, बैंकले भनेको छ  

    यस योजनाबाट आर्थिक शिथिलताले समस्यामा परेका ग्राहकहरूले वित्तीय भार कम गर्न केही हदसम्म भए पनि मद्दत पुग्नुका साथै देशको समग्र अर्थतन्त्रको पुर्नउत्थान एवं दिगो सबलीकरणमा समेत टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend