२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नयाँ वर्षमा आकर्षक छुट, एक्सचेन्ज सुविधाका साथ सामसङको नयाँ अफर


सञ्चार डबली
  • शनिबार, चैत २४ २०८०
  • 7.0K
    SHARES

  • images
    नयाँ वर्षमा आकर्षक छुट, एक्सचेन्ज सुविधाका साथ सामसङको नयाँ अफर

     

    काठमाडौं । नयाँ वर्ष २०८१ को उपलक्ष्यमा सामसङले ’स्वागत नयाँ वर्षलाई, बाढौं खुसी सधैंलाई’ अफर ल्याएको छ ।’१८ वर्षदेखि निरन्तर ग्लोबल नम्बर १ टिभी ब्रान्डाका रूपमा पहिचान बनाएको सामसङले यो नयाँ वर्षको अफरमा नयाँ रेन्जमध्ये कुनै पनि एफएचडी, क्रिस्टल युएचडी, फ्रेम र क्युएलइडी लगायत टिभी किन्दा ३८ प्रतिशतसम्म छुट दिएको छ,’ कम्पनीले भनेको छ ।

    कम्पनीका अनुसार ग्राहकले आफ्नो नागरिकता पेस गरी ५५ इन्च वा त्योभन्दा ठूलो टिभी किन्दा तत्काल कर्जा पाउन सक्ने छन्। त्यस्तै इन्स्टा फाइनान्स सेवामार्फत इएमआई १८ महिनाको अवधिमा तिर्ने विकल्प पाउने छन्।

    ४३ इन्च वा सोभन्दा सानो टिभी किन्दा इएमआई तिर्न १२ महिनाको अवधि पाउने छन ।सामसङले आफ्नो टिभीहरूमा ३ वर्षको पूर्ण उत्पादन वारेन्टी दिएको छ। यसको साथै कुनै पनि सामसङ टिभी किनेर त्यसका निम्ति साउण्डबार किन्दा त्यसमा पनि छुट दिएको कम्पनीले जनाएको छ ।

    ग्राहकले छानिएका सामसङको ७५ इन्चभन्दा ठूलो क्रिस्टल युएचडी टिभी किन्दा साउण्डबार सित्तैमा पाउने छन ।ए.यु.७७०० मोडलका ५५ इन्च र ६५ इन्च युएचडी टिभी किनेको भए ग्यालेक्सी ए.१५ (८-१२८) मोबाइल किन्दा पाँच हजार रूपैयाँ छुट पाउने छन् ।

    नयाँ वर्षको अवसरमा फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट कम्पनीले दिएको छ ।सामसङले एआई इकोबबल फ्रन्ट लोड वा टप लोड वासिङ मेसिनका विभिन्न रेन्ज र साइड–बाई–साइड, कन्भर्टेबल ५–इन–१ लगायत रेन्जका फ्रिजमा क्यास–ब्याक र एक्सचेन्ज सुविधा उपलब्ध गराएको छ । कम्पनीले आफ्नो फ्रिजमा रहेको डिआइटी कम्प्रेसर र वासिङ मेसिनमा रहेको डिआइटी मोटरमा २० वर्षको वारेन्टी दिन्छ ।

    त्यस्तै सामसङले एक्सचेन्जमा उत्कृष्ट मूल्यांकन दिने बताएको छ। यो सुविधा कम्पनीको एक्सचेन्ज पार्टनर अर्कोस्टोर डट कममार्फत अनलाइनमा लिन सकिनेछ ।

    यसका साथै ग्राहकले अर्कोस्टोर डट कम मार्फत ५५ इन्च र ६५ इन्च ए.यु.७७०० क्रिस्टल टिभी अनलाइन एक्सचेन्ज गर्दा ५ हजार पाँच सय रूपैयाँसम्मको टप–अप प्राप्त गर्ने विशेष योजना पनि नयाँ वर्षमा प्रदान गरेको कम्पनीले जनाएको छ ।

    हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको डिलर नेटवर्क अन्तर्गत नेपाल अधिराज्यभरि यो अफर २०८१ जेठ २ सम्म लागू हुनेछ ।यसअन्तर्गत ग्राहकहरूले टिभी किन्दा ३८ प्रतिशतसम्म र फ्रिज र वासिङ मेसिन किन्दा ३० प्रतिशतसम्म छुट पाउने कम्पनीले जनाएको छ ।

    ग्राहकहरूले ० प्रतिशत ब्याजको मासिक किस्ताबन्दीमा हुलास फिनसर्भ हायर पर्चेज लिमिटेड मार्फत उपलब्ध गराइएको इन्स्टा फाइनान्स सेवाबाट सहज रूपमा सामसङ टिभी, फ्रिज र वासिङ मेसिनको किन्न सक्ने छन ।यो अफर २०८१ जेठ २ गतेसम्म लागू हुने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend