२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

आज सुनको मूल्यमा घट्यो, कतिमा भइरहेको छ कारोबार ?


सञ्चार डबली
  • शुक्रबार, चैत २३ २०८०
  • 10.8K
    SHARES

  • images
    आज सुनको मूल्यमा घट्यो, कतिमा भइरहेको छ कारोबार ?

    २३ चैत्र २०८०, शुक्रबार

    काठमाडौँ– नेपाली बजारमा शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा १ हजार ३०० रुपैयाँले घटेको हो ।

    महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाल सुन प्रतितोला १ लाख ३४ हजार रुपैयाँमा र तेजाबी सुन १ लाख ३३ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।

    आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ५३ रुपैयाँले घटेर तोलाको १ हजार ६१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend