२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

  सेयर बजारमा  गिरावट, कारोबार रकममा भने सामान्य सुधार 


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 9.4K
    SHARES

  • images
      सेयर बजारमा  गिरावट, कारोबार रकममा भने सामान्य सुधार 

     

    काठमाडौं । सेयर बजार परिसूचक घट्ने क्रम थामिएको छैन । साताको अन्त्मि कारोबार दिन बिहीबार नेप्से परिसूचक २.७३ अंकले घट्दै २००४.०५ विन्दुमा रह्यो । कारोबार रकम भने बुधबारका तुलनामा बढेको छ । 

    ६९ लाख ६३ हजार ३५९ कित्ता सेयर किनबेच हुँदा कारोबार रकम ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँ छ । हिजो नेप्से परिसूचक ५.७७ अंकले घट्दै २००४.४४ विन्दुमा बजार बन्द हुँदा ६३ लाख ५६ हजार २७९ कित्ता सेयर किनबेच भएको थियो । कारोबार रकम २ अर्ब ४७ करोड ६९ लाख २३ हजार रुपैयाँ थियो ।  

    आज १३ मध्ये फाइनान्स, होटल तथा पर्यटन, लघुवित्त, निर्जीवन बीमा र व्यापार उपसमूह बढ्दा कारोबार रकममा सुधार देखिएको हो । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, लगानी, जीवन बीमा,  उत्पादन तथा प्रशोधन, म्युचुअल फण्ड र अन्य उपसमूह घटेका छन् । सर्वाधिक घट्नेमा उत्पादन तथा प्रशोधन उपसमूह छ । 

    आज १३० कम्पनीको सेयरमूल्य घटेको छ भने १०४ को बढोत्तरी छ । ११ कम्पनीको सेयरमूल्यमा कुनै परिवर्तन भएन ।आज मानुषी लघुवित्तको सेयरमा बढोत्तरीको सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त, गुराँस लघुवित्त, तारागाउँ रिजेन्सी र वीन नेपाल लघुवित्तको सेयर पनि सर्किटस्तरमा बढ्दा लगानीकर्ता फाइदामा छन् ।  

    आज उच्च कारोबार हुनेमा गोर्खाज फाइनान्स छ । उक्त कम्पनीको २३ करोड ३२ लाखको सेयर किनबेच भएको छ । शिवम् सिमेन्टको १८ करोड ३८ लाख, सर्वोत्तम सिमेन्टको १८ करोड २४ लाख, सूर्यज्योति लाइफ इन्स्योरेन्सको सेयर ६ करोड २३ लाख रुपैयाँको किनबेच भएको छ ।  

    आज सेयरमूल्य घटेका कम्पनीमा पिपुल्स पावर पहिलो नम्बरमा छ । सेयरमूल्य घट्ने अन्य कम्पनीहरुमा सर्वोत्तम सिमेन्ट, रिभर फल्स पावर, इमर्जिङ नेपाल, तेह्रथुम पावर कम्पनी लगायत छन् ।    

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend