२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

यस्तो छ आजको फलफूल तथा तरकारी बजार मुल्य


सञ्चार डबली
  • बिहीबार , चैत २२ २०८०
  • 8.9K
    SHARES

  • images
    यस्तो छ आजको फलफूल तथा तरकारी बजार मुल्य


    काठमाडौं ।  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज काउली, करेला र रायोको सागको भाउ बढेको छ भने गोलभेडा र तोरीको सागको भाउ सामान्य घटेको छ । यसअघि प्रतिकेजी २० रुपैयाँ रहेको स्थानीय काउलीलाई आज २५ रुपैयाँ, ३५ रुपैयाँ पर्ने ज्यापु काउलीलाई ४६ रुपैयाँ ६७ पैसा, ९६ रुपैयाँ तोकिएको तितो करेलालाई १०५ रुपैयाँ र ५६ रुपैयाँ  ६७ पैसा तोकिएको रायोको सागको मूल्य आज प्रतिकेजी ७६ रुपैयाँ ६७ पैसा पुगेको छ । 

    यसैगरी प्रतिकेजी ९० रुपैयाँ पुगेको टनेल गोलभेडाको भाउ घटेर आज ८५ रुपैयाँमा झरेको छ भने ४५ रुपैयाँ पर्ने तोरीको सागको भाउ ३५ रुपैयाँ कायम भएको छ । त्यस्तै, आज लोकल सानो गोलभेडा रातो आलु र टाटे सिमी प्रतिकेजी ४५ रुपैयाँ, तराई सानो गोलभेडा, तने बोडी र मटरकोशा प्रतिकेजी ६५ रुपैयाँ, भारतीय रातो आलु ३९ रुपैयाँ, सुकेको प्याज ७० रुपैयाँ, लोकल गाजर ३८ रुपैयाँ ३३ पैसा, लोकल बन्दा १९ रुपैयाँ र नरिवल बन्दा २० रुपैयाँ प्रतिकेजी पाइनेछ । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend