२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

तोकियो अण्डाको बिक्री मूल्य, कसको कति ?


सञ्चार डबली
  • बुधबार, चैत २१ २०८०
  • 9.9K
    SHARES

  • images
    तोकियो अण्डाको बिक्री मूल्य, कसको कति ?

    काठमाडौं । नेपाल लेयर्स कुखुरा पालक संघले अण्डाको बिक्री मूल्य तोकेको छ । मूल्य भोलि चैत २२ गतेबाट लागु हुनेछ । नयाँ मूल्य अनुसार मध्यम (मिडियम) अण्डा प्रति क्रेटको मूल्य ३७५ छ ।

    त्यस्तै, ठूलो अण्डा प्रति क्रेटको मूल्य ३९० रूपैयाँ र एक्सएल अण्डा प्रति क्रेट ४५० रूपैयाँ कायम गरिएको छ । संघले नयाँ मूल्य जारी गर्दै त्यसैअनुरूप कारोबार गर्न व्यवसायीहरूलाई आग्रह पनि गरेको छ ।

    इटहरी, धनगढी र काठमाडौंमा यही चैत १९ देखि २१ सम्म भएको संघको व्यवसायी भेलाले अण्डाको समर्थन बिक्री मूल्य तय गरेको हो । भौतिक र भर्चुअल रूपमा भएको बैठकमा अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल भएको संघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend