२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं साधारण सभा सम्पन्न


सञ्चार डबली
  • बुधबार, चैत २१ २०८०
  • 7.8K
    SHARES

  • images
    नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३७ औं साधारण सभा सम्पन्न

     

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले आर्थिक वर्ष २०७९/८० को ३७औं वार्षिक साधारण सभासम्पन्न गरेको छ। आर्थिक वर्ष २०७९/८० मा बैंक ३ अर्ब ७२ करोड रूपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ आर्थिक वर्ष २०७९/८० को मध्यतिर अर्थात् गत पुस २७ गतेदेखि साविक मेगा बैंक नेपालसँग मर्जरको कारणले आयरव्ययका रकम अघिल्लो वर्षसँग तुलनात्मक नरहेको।

    आर्थिक वर्ष २०७८/७९ मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको गरी कुल निक्षेप ३ खर्ब ४३ अर्ब रूपैयाँ रहेकोमा १६ अर्ब ९७ करोड रुपैयाँले वृद्धि भई आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको निक्षेप ३ खर्ब ६० अर्ब रूपैयाँ पुगेको छ।

    त्यसैगरी आर्थिक वर्ष २०७९/८० को अन्त्यमा बैंकको कुल कर्जा तथा सापटी रकम ३ खर्ब १२ अर्ब रूपैयाँ कायम रहेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपालको गरी कुल कर्जा तथा सापटी रकम ३ खर्ब १४ अर्ब रूपैयाँ रहेको थियो।

    विगत केही वर्षदेखि नेपाल राष्ट्र बैंकले बैंकहरुको संख्या घटाउन लिएको मर्जर नीतिलाई समर्थन गर्दै आर्थिक वर्ष २०७९/८० मा साविक नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल एक आपसमा गाभिई २०७९ पुस २७ गतेबाट नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको नाममा एकीकृत कारोबार सञ्चालन गरेको थियो।

    मर्जर पश्चात् यस बैंकको चुक्ता पूँजी ३४ अर्ब १३ करोड रूपैयाँ र कुल सेयरधनी कोश ५५ अर्ब ६० करोड रूपैयाँ पुगेको छ। गुणस्तरीय सेवा तथा सुविधा प्रदान गरेका कारण समीक्षा अवधिमा बैंकले अन्तराष्ट्रिय प्रकाशन–युरोमनीबाट ुबेस्ट बैंक २०२३ु को उपाधि समेत प्राप्त गर्न सफल भएको छ।

    हाल बैंकले २९६ शाखा, २८२ एटिएम, १६ राजस्व संकलन काउन्टर सहित ६३ एक्टेन्सन काउन्टर र ४६ शाखारहित बैंकिङमार्फत ३२ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिँदै आएको छ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend