२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभाः नगद लाभांश वितरणको प्रस्ताव 


सञ्चार डबली
  • बुधबार, चैत २१ २०८०
  • 9.4K
    SHARES

  • images
    सर्वोत्तम सिमेन्टले बोलायो साधारण सभाः नगद लाभांश वितरणको प्रस्ताव 


    काठमाडौं ।सर्वोत्तम सिमेन्ट लिमिटेडले नगद लाभांश वितरणको प्रस्ताव सहित साधारण सभा बोलाएको छ। कम्पनीले बैशाख १२ गते पाँचौ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको हो । कम्पनीको चैत २० गते, ४ बजे बसेको २१० औं सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।

    उक्त सभाले शेयरधनीलाई कुल १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गर्ने निर्णय गर्नेछ । साधारण सभा २०८१ वैशाख १२ गते, बुधबार होटल भिलासा, भैरहवा, रुपन्देहीमा बिहान १० बजेदेखि सुरू हुने कम्पनीले जनाएको छ ।

    सभामा शेयरधनीहरुलाई कम्पनीको आर्थिक वर्ष २०७९र८० सम्मको सञ्चित मुनाफाबाट हालको चुक्ता पुँजी ४ अर्ब ६५ करोड रूपैयाँको १५ प्रतिशतले हुन आउने ६९ करोड ७५ लाख रुपैयाँ नगद लाभांश पारित गरिने भएको हो ।

    पाँचौ वार्षिक साधारणसभा प्रयोजनको लागि चैत ३० गते एक दिन कम्पनीको बुकक्लोज गरिने भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा चैत २९ गतेसम्म शेयर कारोबार भई शेयर खरिद गरी आफ्नो नाममा शेयर नामसारी गराएका शेयरधनीहरूलेउक्त सभामा भाग लिन र लाभांश समेत पाउनेछन् ।

    उक्त सभाले संस्थापक सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने ५ जना, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सहित ७ जना सञ्चालक नियुक्ती समेत गर्ने भएको छ ।

    यसकासाथै बैठकले सभामार्फत आर्थिक वर्ष २०७२–८० को सञ्चालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको २०८० असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गरिने छ ।

     

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend