२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘लकइन’ अवधि आज सकिँदै  


सञ्चार डबली
  • मंगलबार, चैत २० २०८०
  • 9.5K
    SHARES

  • images
    सूर्यज्योति लाइफ इन्स्योरेन्सको ‘लकइन’ अवधि आज सकिँदै  


    काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लकइन समयावधि आज सकिने भएको छ । आज कम्पनीले एक सूचना जारी गर्दै साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापक सेयरधनीहरू तथा कर्मचारीको कुल १ करोड ४२ लाख ६६ हजार ३२३।५ कित्ता लकइनमा राखिएको सेयरको अवधि चैत आज सकिएको जनाएको हो ।

    जसमा साविकको ज्योति लाइफ इन्स्योरेन्सको संस्थापकको स्वामित्वमा रहेको १ करोड १ लाख ७५ हजार ९७९ कित्ता, संस्थापक समूहबाट सर्वसाधारणमा परिणत भएको ३७ लाख ९१ हजार ५१ कित्ता र कर्मचारीको स्वामित्वमा रहेको ९ लाख ९९ हजार २९३.५० कित्ता रहेको छ ।

    साविकको ज्योति लाइफ र सूर्या लाइफ एकापसमा गाभिएर २०७९ पुस ७ गतेदेखि सूर्यज्योति लाइफ इन्स्योरेन्सको नामबाट एकीकृत कारोबार सुरु भएको छ । सूर्या लाइफसँग मर्जरमा जानुअघि नै साविकको ज्योति लाइफले तीन वर्ष पहिले सर्वसाधारणलाई आइपीओ ल्याएको थियो ।

    लकइन पिरियड समाप्त भएपछि यी सेयर दोस्रो बजारमा कारोबारमा आउनेछन् । तर, कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कम्पनी सचिव, उच्च व्यवस्थापकीय पदमा कार्यरत कर्मचारी र लेखासम्बन्धी प्रत्यक्ष कार्यमा संलग्न कर्मचारीको हकमा भने सेयर रोक्का नै रहने कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend