२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा


सञ्चार डबली
  • मंगलबार, चैत २० २०८०
  • 7.7K
    SHARES

  • images
    हिमालयन बैंकको संस्थापक सेयर बिक्रीमा


     
    काठमाडौं । हिमालयन बैंक लिमिटेडले १३ लाख २७ हजार ८ सय ६७ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।बैंकले मंगलबार सूचना प्रकाशन गरेर ८ जना संस्थापक सेयरधनीको नाममा रहेको संस्थापक सेयर बिक्रीमा राखिएको जनाएको छ ।

    सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीका लागिमात्रै खरिद आवेदन दिन सक्नेछन् । सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

    इच्छुक संस्थापक सेयरधनीहरूले काठमाडौं कमलादीमा रहेको बैंकको केन्द्रीय कार्यालयको कानुन तथा सेयर विभागमा आवश्यक कागजातसहित निवेदन पेस गर्नुपर्नेछ ।

    संस्थापक सेयरहरूको मूल्य बिक्रेताअनुसार फरक–फरक भएकाले रहेकाले मूल्यसम्बन्धी जानकारीका लागि बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न बैंकको आग्रह छ ।बैंकका अनुसार तोकिएको समयभित्र संस्थापक सेयरधनीहरूबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने छ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend