२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा, घूसको रकमसहित पक्राउ


सञ्चार डबली
  • सोमबार, चैत १९ २०८०
  • 7.6K
    SHARES

  • images
    वैदेशिक रोजगार विभागका लेखापालविरुद्ध मुद्दा, घूसको रकमसहित पक्राउ

     

    काठमाडौं । राजधानीको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा घूसहित पक्राउ गरिएका लेखापाल प्रमोद निरौलाविरुद्ध मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको कसुरमा कारबाही मागदाबी गर्दै मुद्दा दायर गरेको हो । लेखापाल निरौलालाई सेवाग्रहीबाट १५ हजार रुपैयाँ घूस लिएको अवस्थामा अख्तियारको टोलीले गत फागुन २९ गते नियन्त्रणमा लिएको थियो । 

    नियन्त्रणमा लिएपछि उनको कार्यकक्षबाट स्रोत नखुलेको ७१ हजार ६ सय २० रुपैयाँ पनि बरामद गरिएको अख्तियारले जनाएको थियो ।धरौटी रकम फिर्ता गर्ने क्रममा सेवाग्राहीसँग घूस÷रिसवत माग गरिरहेको भन्ने सूचनाका आधारमा अख्तियारको टंगालबाट खटिई गएको टोलीले लेखापाल  निरौलालाई नियन्त्रणमा लिएको थियो ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend