२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

सुनको मूल्यले पुन कायम गर्यो नयाँ रेकर्ड 


सञ्चार डबली
  • सोमबार, चैत १९ २०८०
  • 10.5K
    SHARES

  • images
    सुनको मूल्यले पुन कायम गर्यो नयाँ रेकर्ड 


    काठमाडौं ।  आज नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले पुन नयाँ रेकर्ड कायम गरेको छ । चैत १६ गते १ लाख ३० हजार पुगेर रेकर्ड कायम गरेको सुनको मूल्यले सोमबार फेरी नयाँ रेकर्ड कायम गरेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुनको मूल्य सोमबार प्रतितोला १ हजार ६०० रुपैयाँ बढेर १ लाख ३१ हजार ६०० रुपैयाँ तोकिएको छ  ।

    आइतबार छापावाला सुन १ लाख ३० हजार रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुन प्रतितोला १ लाख ३० हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजावी सुन प्रतितोला १ लाख २९ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, सोमबार चाँदी प्रतितोला १ हजार ५३५ रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी प्रतितोला १ हजार ५२५ रुपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend