२०८३, असोज १३ गते

images
Logo

Sep 29 2026 | २०८३, असोज १३ गते

images
  • मंगलबार, असोज १३ २०८३
images

जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर लिलामी बिक्रीमा


सञ्चार डबली
  • आइतबार, चैत १८ २०८०
  • 8.4K
    SHARES

  • images
    जलविद्युत् लगानी तथा विकास कम्पनीको सेयर लिलामी बिक्रीमा


    काठमाडौं । जलविद्युत् लगानी तथा विकास कम्पनीको हकप्रद नबिकेको (एचआईडीसीएल) को १ करोड ७८ लाख ४० हजार १४० कित्ता संस्थापक सेयर लिलामी बिक्री हुने भएको छ । चैत २५ देखि बैशाख ९ गतेसम्म सर्वसाधारण तथा संघसंस्थाहरुले शिलबन्दी बोलपत्र आवेदन दिन सक्ने छ ।

    ग्लोबल आईएमई क्यापिटल अनुसार १ सय रुपैयाँ प्रतिकित्ता नघट्नेगरी आवेदनका साथ रकम जम्मा गरेको निस्सा संलग्न गर्नुपर्नेछ । न्यूनतम १ सय कित्ता र सो अंकले भाग जाने संख्याका लागि आवेदन दिन सकिने छ ।

    ग्लोबल आईएमई क्यापिटलको कार्यालय, ग्लोबल नक्साल, आईएमई बैंकका नयाँ बानेश्वर, विर्तामोड,जनकपुरधाम,  विराटनगर, वीरगन्ज, हेटौंडा, नारायणगढ, पोखरा, बुटवल, नेपालगन्ज, बागलुङ बजार, वीरेन्द्रनगर, घोराही, धनगढी र महेन्द्रनगर शाखाबाट फारम पाइने र सोही केन्द्रमा बुझाउन सकिने छ । सेयर बाँडफाँट भई नेपाल स्टक एक्स्चेन्जमा सूचीकरणपश्चात एचआईडीसीएलपी संकेतमा कारोबार हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    ताजा अपडेट

    ट्रेन्डिङ

    logo
    सामाजिक संजाल
  • © copyright 2014-2022 and all right reserved to Sanchar Dabali   |   Site By : SobizTrend